२४ कात्तिक, धादिङ – पत्रकार तथा लेखक डम्बरकुमार गिरी मस्तिष्काघातका कारण मंगलबार बिहान ५० वर्षको अल्पायुमा निधन भएको छ।
ललितपुरको अल्का अस्पतालमा उपचारका क्रममा निधन भएका गिरी विसं २०२२ जेठ ३ गते शनि–अर्जुन नगरपालिका–६, सालघारी, झापामा जन्मेकका हो। उनका पितामाता, श्रीमती र दुई छोरी छन्।
‘भूगोल’ मासिकका सम्पादक तथा प्रकाशक गिरीले विसं २०४० देखि ‘कुटुम्ब’ साप्ताहिकबाट पत्रकारिता प्रारम्भ गरेका हुन्। पत्रकारिता र साहित्यमा क्रियाशील उनका ‘हिमालकी छोरीः पासाङ ल्हामु’, ‘युग पुरुष’, ‘विचार कुञ्ज’, ‘पवित्र क्रान्ति’, ‘ब्रह्मास्त्र’ आदि पुस्तक प्रकाशित छन्।
उनले ‘जनता’, ‘छलफल’, लालिमा’, ‘सम्बोधन’, ‘अनुगमन’ आदि पत्रिकामा पनि काम गरिसकेका छन्। उनी नेपाल पत्रकार महासङ्घका केन्द्रीय पार्षद, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका आजीवन सदस्य पनि थिए। उनले भारतीय नेपाली साहित्यको प्रवद्र्धनमा पनि योगदान दिएका छन्।
उनको आजै अपराह्न १ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकालीले जानकारी दिए। रासस