Tue. Mar 11th, 2025

तिहारको दोस्रो दिन, आज कुकुर तिहार

kukur-tihar२४ कात्तिक, धादिङ –  नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज बिहानै अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान गरी नरके नुहाइन्छ ।

पगपगचस्नान गरिसकेपछि तर्पण गरेर यमदीप दक्षिण फर्काएर बालिन्छ । यसरी बालेको दीपलाई बगाएमा मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने पनि भनिन्छ ।

आजै घरघरमा सुरक्षा गर्ने कुकुरको पूजा गरी मीठामीठा खानेकुरा खान दिइन्छ । “कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको हो”– समितिका अध्यक्ष गौतमले बताए।

वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटुको रोग र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेको सङ्ख्यासमेत बढ्न थालेको छ । यमपञ्चक अर्थात् तिहारका पाँचै दिन बिहानै तिलको तेल लगाएर स्नान गर्ने प्रचलनसमेत रहेको छ । यसोगरेमा चिसो शरीरभित्र पस्दैन भन्ने वैज्ञानिक मत रहेको छ ।

About The Author

अन्य समाचारहरु: