Tue. Mar 11th, 2025

धादिङमा ग्यासको विकल्पमा क्लिन कुक स्टोभ चुलो

chulyo ko
२० कात्तिक धादिङ – ग्यासको अभाव खेपिरहेका धादिङका स्थानीयलाई क्लिन कुक स्टोभ चुलोले केहि राहत दिएको छ ।

भारतले गरेको अघोषित नाकाबन्दी र लगातारको तराई मधेस बन्दले नेपाली बजारमा पेट्रोलियम पदार्थसँगै खाना पकाउने ग्यासको अभाव देखिएपनि विकल्पका रुपमा चुलोको प्रयोग गर्न थालेका हुन् । खाना पकाउनका लागि भुसबाट आागे बाल्न सकिने भुसेचुलोको पनि माग बढेको छ ।
ग्यासको अभावले विशेष गरी शहरी क्षेत्रका बासिन्दाहरु बढी मारमा परेका छन् । ग्यास सकियो पैसा तिर्छु भन्दा पनि पाइएको छैन । स्टोभ चलाउन पनि मट्टीतेल छैन । धुवाँले कोठा ढाक्छ यस्तो बेलामा भान्सा चलाउने बैकल्पिक उपाय के त ?

अहिले धादिङबेसी बजारमा यस्ता चुलोको माग बढेको छ । दाउराको पनि बचत हुने र धुवाँ कम हुने भएकाले पनि यो प्रभावकारी बनेको हो । खास गरी शहरी क्षेत्रमा कोठा लिएर बस्नेहरुका लागि यो समाधानको माध्यम बनेको छ । घरपेटीले कोठामा धुवाँ हुन्छ भनेर आगो बाल्न नदिएपनि चिन्तामा रहेका स्थानीयहरु यस्ता चुलो आएपनि अर्षित छन् । यो खासगरी ग्रामीण क्षेत्रमा ३, ४ घण्टा धुवाँमा बस्ने महिलाहरुका लागि लाभदायी बनेको छ ।

यसको मूल्य धादिङबेसी बजारमा ९ सय देखि ५ हजार सम्मको रहेको छ । बजारमा यस्ता चुलो आएपछि खासगरी महिलाहरुको आकर्षण यस तर्फ बढेको छ । बजारमा यसको माग बढेपछि माग अनुसारको आपुर्ति पु¥याउन नसकेको व्यापारीहरु बताउँछन् ।

धादिङबेसीमा लोडसेडिङ कम मात्रामा मात्र भएतापनि बेला बेलामा विजुली आउनेजाने हुने कारण हिटर र राइस कुकर प्रयोग गर्दा पनि सहज रुपमा खाना पकाउन सकिएको छैन । ग्रामीण क्षेत्रमा गोबर ग्यास र शहरी क्षेत्रमा ब्रिकेटलाई इन्धनको रुपमा प्रयोग गर्न सकिने भएतापनि त्यो प्रभावकारी हुन सकेको छैन ।

About The Author

अन्य समाचारहरु: