२० कात्तिक, काठमाडौं – इंग्ल्याण्डका चर्चित फुटबलर डेभिड बेकहृयाम शुक्रबार काठमाडौं आइपुगेका छन् ।
उनले बीबीसीको एक डकुमेन्ट्री सुटिङका क्रममा काठमाडौं आइपुगेका हुन् । डकुमेन्ट्री खिच्ने र यूनिसेफलाई सहयोग जुटाउन बेकहृयामले सात महाद्वीपमा पुगेर फुटबल खेल्ने छन् । उनी पपुवा न्यूगिनीबाट नेपाल आएका हुन् । बेकहृयाम त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रँदा निकै कडा सुरक्षा दिइएको थियो ।
उनले दरबार स्क्वायर अवलोकन गरेका छन् । साथै एक सल्लाघारीबाट टेम्पो चढेर पद्य उच्च मावि जानेछन् भने बालबालिकासँग भेट गर्ने र टौमदीमा पुगेर फुटबल खेल्ने कार्यक्रम छ ।