१८ कात्तिक, धादिङ – धादिङबेसीमा बुधबार श्रीकृष्ण ब्रान्डको २ सय २३ सिलिण्डर ग्यास बितरण गरिएको छ ।
मंगलबार बेलुका बेनिघाट स्थित श्रीकृष्ण ग्यास डिपोबाट ३ सय ३ सिलिण्डर ग्यास धादिङबेसी आएकोमा आज बिहान २ सय २३ सिलिण्डर ग्यास सर्वसाधारणलाई वितरण गरिएको हो । श्रीकृष्ण ग्यास डिपो बिशालटारले गए राति हरियो डि आई ९ फोर ह्वील र सानो मिन ट्रकमा ३ सय ३ वाटा ग्यास सिलिण्डर धादिङबेसीमा वितरणको लागि पठाएको थियो । तर २ सय २३ वटा सिलिण्डर मात्र वितरणको गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर हरि पौडेलले बताए।
श्रीकृष्णको ग्यासको १४ सयको हाराहारीमा ग्राहकहरु भएको र आएको ३ सय ३ शिलिण्डर मध्ये २ सय ३ वटा शिलिण्डर वितरण गरिएको धादिङबेशीका आधिकारिक बिक्रेता शरणकुमार श्रेष्ठले बताए । धादिङबेसीका लागि पूर्ण नभएपनी आंशिक समस्या समाधान भएको उनको भनाई छ । आएको ग्यास मध्ये २५ प्रतिशत अर्थात ८० शिलिण्डर ग्यास सरकारी प्रयोजनको लागि राखिएको धादिङका प्रहरी नायव उपरीक्षक सबिन प्रधानले जानकारी दिए ।
ग्यास लिनका लागि बिहान ४ बजेबाटै सर्वसाधारणहरु लाईनमा बसेका थिए । लाईनमा बसेका करिब ४ सय सर्वसाधरणहरुले ग्यास पाएनन् । उनिहरुलाई अब ग्यास आउदा वितरण गरिने बिक्रेता एल सि सेल्स सेन्टरले जानकारी दिएको छ ।