१८ कात्तिक धादिङ – भारतले गरेको अघोषित नाका खेपिरहेको धादिङवेशीका स्थानीयहरुले उर्जा क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् ।
बुधबार धादिङबेसीमा आयोजना गरिएको सवैका लागि दीगो उर्जा सम्बन्धी अन्तरक्रिया कार्यक्रम उर्जा संकट न्युनिकरणका लागि राज्यबाट नै दिर्घकालीन समाधानको पहल गरिनु पर्नेमा जोड दिएका हुन् । दीगो उर्जाको पहूँच आम समूदायसम्म पु¥याउन क्रियाशिल विभिन्न संस्थाहरुको संयुक्त आयोजनमा भएको अन्तरक्रिया कार्यक्रमका सहभागी बक्ता र सहजकर्ताहरुले इनर्जीया इन्टरनेशनल नेटवर्क को सहयोगमा ग्रामिण प्रविधि केन्द्र, नेपाल विद्युत उपभोक्ता महासंघ, नेपाल वातावरण पत्रकार समूह र कोडेक नेपाल धादिङको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।
कार्यक्रमलाई सहजीकरण गर्दै महिला शसक्तिकरणका लागि बैकल्पीक उर्जा परियोजनाकी टिम लिडर डाक्टर इन्दीरा शाक्यले विभिन्न सरोकारवालाहरुले दीगो उर्जाका लागि गरेका प्रयास, अवसर र चुनौतिहरुको बारेमा सहभागिहरुलाई जानकारी गराएकी थिइन् । त्यसै गरि राष्ट्रिय महिला आयोगकी पुर्व सदस्य प्राध्यापक अमुदा शाक्यले महिला शसक्तिकरण र आर्थिक विकासका विभिन्न आयामका बारेमा प्रकाश पारिन् । सोहि कार्यक्रममा नेपाल बातावरण पत्रकार समूहका अध्यक्ष सहजमान श्रेष्ठले सवैका लागि उर्जा अभियान अन्तर्गत सञ्चार क्षेत्रको अनुभव र अभ्यासका बारेमा जानकारी गराए ।
कार्यक्रममा सामुदायिक विद्युत उपभोक्ता महासंघ नेपालका पूर्व अध्यक्ष डिल्ली घिमिरेले विद्युतलाई विभिन्न ब्यवसायीक क्षेत्रमा प्रयोग गर्न सकिने उदाहरणहरु प्रस्तुत गरेका थिए । भने धादिङमा उर्जा सम्बन्धी परियोजना वी परियोजनाकी कार्यक्रम अधिकृत इन्दु अर्यालले परियोजना अन्तर्गतका गतिविधिहरुको बारेमा जानकारी गराइन् । नेपाल वातावरण पत्रकार समूहका सदस्य एवं वातावरण अभियान्ता भुमिरमण नेपालको अध्यक्षतामा भएको थियो ।