Tue. Mar 11th, 2025

रसुवामा बस दुर्घटना

rasuwa_district
१७ कात्तिक,  रसुवा – काठमाडौंबाट रसुवाको चिलिमे जाँदै गरेको बस मंगलबार दुर्घटना भएको छ ।

ना ३ ख रसुवाको ५७०६ नम्बरको बसरसुवाको राम्चे गाविस९३ ग्राङमा सडकबाट झण्डै दुई सय मिटर तल बस खसेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने ३५ जाना  घाइते भएका छन् । दुर्घटनामा परी गम्भिर घाइतेहरुलाई काठमाडौं र सामान्यलाई जिल्ला सदरमुकाम धुञ्चे पठाइएको छ । कच्चाी सडक भएका कारण दुर्घटना भएको  अनुमान गरिएको  छ ।

७० यात्रु बोकेको बस भीरबाट  खसेको हो । दुर्घटना स्थलमा प्रहरीको उद्दारकार्य जारी रहेको छ । दुर्घटनाको विस्तेत विवरण आउन बाँकी रहेको छ ।

About The Author

अन्य समाचारहरु: