Mon. Mar 10th, 2025

धादिङमा महिला सुरक्षा घरमा आक्रमण

dhading-map_213888077

१७ कात्तिक, धादिङ – धादिङमा महिलाहरुको सुरक्षाका लागि बनाइएको घरमा आश्रमण भएको छ । विभिन्न कारणले समस्यामा परेका महिलालाई सुरक्षा दिएर राखिएको महिला सुरक्षा घरमा आक्रमण भएको हो । सदरमुकाम नीलकण्ठ नगरपालिका–८ बगैचा नजिकै रहेको महिला सुरक्षा घरमा आइतबार राति आक्रमण भएको हो ।

घरेलु हिंसामा परेका तथा अन्य कारणले समस्यामा परेका महिलाहरुलाई राखिएको र सहयात्री समाजले सञ्चालनमा ल्याएको केन्द्रमा राति ढुंगामुढा भएको स्पेस इन्चार्ज रचना बस्नेतले बताइन् ।

घटनापछि जिल्ला प्रहरी कार्यालयमा सहयोगको लागि खबर गरिएको र एक घण्टापछि सुरक्षाकर्मी घटनास्थल पुगेको सहयात्री समाजका कार्यकारी निर्देशक राधिका सापकोटाले जानकारी दिइन्।

आक्रमणकारीको खोजी भैरहेको प्रहरीले जनाएको छ । आक्रमण भएको समयमा सुरक्षा घरमा तीन जना बालिकासहित सात जना पीडित महिलाहरु र चार जना महिला कर्मचारीहरु थिए ।

 

About The Author

अन्य समाचारहरु: