१५ कात्तिक, धादिङ, – पर्वतारोही अल्ट्रा म्याराथुन धावक संजय पण्डित पर्वतीय साहसिक खेलकुद राष्ट्रिय हिरोबाट सम्मानित भएका छन् । राष्ट्रिय खेलकुद परिषदले एक कार्यक्रम गरि आइतबार पण्डितलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार बिष्टले २५ हजार रुपैयाँसहित सम्मान गरेको छ ।
हिमाल आरोहणको माध्यमबाट देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन महत्वपूर्ण भूमिका निभाएको हुनाले पर्वतीय साहसिक खेलकुद राष्ट्रिय हिरोको उपमा प्रदान गरिएको आयोजकले जानकरी दिएको छ ।
पण्डितले विश्वको सर्वोच्च शिखर सगरमाथा प्राणघातक हिमालले चिनिने मनासलुबाट यात्रा सुरु गरेका थिए । उनलाई सदस्य–सचिव बिष्टले अन्ट्राटिका महादेशको भिन्सन यात्रामा सरकार सामु सहयोगका लागि सिफासिर गर्ने प्रतिबद्धता जनाए ।
उनले अन्तर्राष्ट्रिय शिखरहरुमा अफ्रिकाको उच्च शिखर किलिमान्जारो, युरोपको उच्च शिखर एलबु्रस, अष्ट्रेलियाको उच्च शिखर कोजियस्को, दक्षिण अमेरिकाको उच्च शिखर गुवा, जापानको उच्च शिखर एकाङकागुवा र फुजिमा तथा अमेरिकाको उच्च शिखर डेनाली जस्ता हिमश्रृङखलामा सफलता साथ आरोहण गरिसकेका छन् ।