१५ कात्तिक, धादिङ – गाडीको ठक्करबाट जापानमा शनिबार एक नेपालीको मृत्यु भएको छ । धादिङको कल्लेरी गाँउ विकास समितिको वडा नं २ घर भएका मनोज खतिवडाको ट्रकको ठक्करबाट निधन भएको हो ।
८ वर्ष अघि जापान गएका खतिवडा पढाई सकेर एहिमे प्रिफेक्चरको मात्सुयामा सिटिस्थित आना होटलमा कार्यरत थिए । प्रवासी नेपालमञ्च जापानका वरिष्ठ उपाध्यक्षराजकुमार पण्डितका अनुसार अतिवडा मात्सुयामामा बस्दै आएका थिए ।
ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।