Tue. Mar 11th, 2025

धादिङका संञ्चारकर्मी टिका श्रेष्ठको “टेन्सन भयो मलाई” सार्वजनिक (भिडियो सहित)

tika
१४ कात्तिक,  धादिङ – संचारकर्मी एवं् आधुनिक गायक टिका श्रेष्ठले आफ्नो तेश्रो एल्बम टेन्सन भयो मलाई बजारमा ल्याएका छन् ।

एल्बमको शनिबार रेडियो धादिङ १०६ मेघाहर्जमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो । गीतमा युवा युवतीहरुबीचको प्रेम सम्बन्ध झल्काउने कथा वस्तु समेटिएका छन् । गीतमा चढ्दो उमेरका युवा युवतीहरुबीच भेट हुँदा प्रेमसम्हारका लागि हुने ठट्यौली शब्दहरुलाई समावेश गरिएको गायक श्रेष्ठले बताए । गीतको भिडियो यसअघि नै सार्वजनिक भइसकेको छ । समय तथा श्रोताहरुको मागलाई ध्यान दिँदै टेन्सन भयो मलाई एल्बम बजारमा ल्याएको श्रेष्ठ बताए ।

२०५८ सालदेखि अनौपचारीक रुपमा साँगितिक क्षेत्रमा लागेका श्रेष्ठले यसअघि पनि “फुल्दै फुल्दै जाउ” र “तिमि विनाको जिवन” भन्ने बोलका गीत बजारमा ल्याइसकेका छन् । गायक श्रेष्ठ धादिङ जिल्लाबाट सञ्चालन भइरहेको रेडियोे धादिङ १०६ मेघाहर्जका कार्यक्रम प्रस्तोता हुन् ।

https://www.youtube.com/watch?v=29UFscGScBQ

About The Author

अन्य समाचारहरु: