Tue. Apr 8th, 2025

उपराष्ट्रपतिमा नन्दकिशोर पुन पासाङ निर्वाचित

nan-457x685

१४ कात्तिक, काठमाडौं – नन्दकिशोर पुन पासाङ उपराष्ट्रपति निर्वाचित भएका छन् ।

सत्तारुढ गठवन्धनको तर्फबाट उम्मेदवार भएका माओवादी नेता पुन बहुमतका आधारमा उपराष्ट्रपति निर्वाचित भएका हुन् । उनले ३२५ मत पाएका छन् । संसद बैठकमा सभामुख ओनसरी घर्ती मगरले पुन उपराष्ट्रपति निर्वाचित भएको घोषणा गरिन् ।

उपराष्ट्रपति निर्वाचितमा नेपाली कांग्रेस उम्मेदवार अमियकुमार यादवले २१२ मत पाएका छन् । शनिबार भएको मतदानमा ५४७ मत खसेको थियो । तर, १० मत बदर भएको छ । मधेसी मोर्चासहितका केही दलले निर्वाचन प्रक्रियामा सहभागिता जनाएनन् । मधेसी मोर्चाले उपराष्ट्रपति चुनाव पनि बहिस्कार गरेको थियो ।

About The Author

अन्य समाचारहरु: