१२ कात्तिक, धादिङ – धादिङको सल्यानटार गाँउ विकास समितिको वडा नं ८ विशालबजारमा विहिबार बिहान आगलागी भएको छ । स्थानीय सुरेन्द्र कुमार श्रेष्ठको फेन्सी पसलमा आगलागी हुँदा ३२ लाख ३७ हजार ८ सय ७५ रुपैया बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।
बिहान १ बजेको समयमा सबैजना सुतिरहेको अवस्था आगलागी भएको हो । आगालागीबाट फेन्सी पसलमा रहेको सामानहरु जलेर नष्ट भएको छ । विद्युत सट हुदाँ आगलागी भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।