Tue. Mar 11th, 2025

एक लाख सिलिन्डर ग्यास तराईमै अलपत्र

Gas
१२ कात्तिक, काठमाडौं – नेपाल आयल निगम, ग्यास उद्योगी र ढुवानी व्यवसायीको अनाहकको किचलोका कारण नेपाल छिरिसकेको करिब एक लाख सिलिन्डर ग्यास तराई मै अलपत्र छ ।

निगम, ग्यास उद्योगी र ढुवानी व्यवसायीबीच कुरा नमिल्दा पछिल्लो २० दिनदेखि ७० बुलेट ग्यास करिब ९८८ हजार ९ सय सिलिन्डर० तराईका विभिन्न जिल्लामा थन्किएको नागरिक दैनिकमा खबर छ ।

तराईमा अलपत्र ग्यास पहाडी सडकमा आउन नसक्ने ठूला गाडीमा भरिएका बुलेटमा छन् । ती सबै भारतीय गाडी हुन् । त्यस्ता गाडी घुम्ती नभएका तराईका समथर सडकसम्म मात्र आउन सक्छन् । निगमले जबर्जस्ती यस्ता बुलेट काठमाडौं ल्याउन खोजेपछि ढुवानी व्यवासयीसँग विवाद उत्पन्न भएको हो । नागरिकबाट

About The Author

अन्य समाचारहरु: