११ कात्तिक, धादिङ – मुलुकको दोस्रो राष्ट्रपतिको रुपमा एमाले नेतृ विद्या भण्डारी निर्वाचित भएकी छिन् । उनी नेपालको पहिलो महिला राष्ट्रपति बनेकी छिन् ।
राष्ट्रपति पदमा बुधबार भएको मतदानमा उनले ३२७ मत पाए भने उनका प्रतिद्धन्दि काँग्रेसका कुलवहादुर गुरुडले २१४ मत पाएका छन्। नतिजा घोषणा हुन् बाकी छ ।
भण्डारीको पक्षमा एमालेको १ सय ८४, एमाओवादीको ८२, राप्रपा नेपालको २५, फोरम लोकतान्त्रिकको १४, राप्रपाको १२ र साना दलका सांसदको मत परेको छ। मधेसी मोर्चाले मतदान बहिष्कार गरेको छ।
भण्डारीएमालेका संस्थापक नेता स्व।मदन भण्डारीकी पत्नी हुन्। रक्षा मन्त्रालय लगायतका महत्वपूर्ण जिम्मेवारी समालेकी भण्डारी पार्टी संगठनमा लामो समयदेखि क्रियाशिल छिन्। भद्र र शालिन स्वभावकी भण्डारीको समन्वयकारी भूमिकाका कारण पार्टीले उनलाई नै राष्ट्रपतिको उम्मेदवार बनाएको हो।
राष्ट्रपतिको उम्मेदवारमा एमालेबाट पूर्वप्रधानमनत्री झलनाथ खनाल, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको नाम पनि चर्चामा थियो । तर पहिलो महिला राष्ट्रपति बनाएर इतिहास रच्ने अवसर गुमाउन नहुने भन्दै पूर्वप्रधानमनत्री झलनाथ खनाल, शीर्ष नेताहरुले भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउन सहमत भएका थिए।
२०१८ साल असार ५ भोजपुरको मानेभञ्ज्याङमा जन्मिएकी भण्डारीले स्तानकसम्मको अध्ययन गरेकी छिन्।तत्कालिन नेकपा ९माले० का नेता मदनकुमार भण्डारीसँग २०३९ सालमा पार्टीको आयोजनामा उनको बिबाह भएको थियो।
बिद्यार्थीकाल देखि नै राजनीतिमा सक्रिय रहेकी भण्डारी २०३५ सालदेखि तत्कालिन नेकपा ९माले० सम्बद्ध युवा लीगमा संगठित राजनीतिक यात्रा सुरु गरेकी थिइन्।२०३७ सालमा काठमाडौंमा भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनको पाँचौ राष्ट्रिय सम्मेलनमा भोजपुर जिल्लाबाट प्रतिनिधि भएकी विद्याले २०३७ सालमा तत्कालिन नेकपा ९माले० को सदस्यता प्राप्त गरेकी थिइन्।
२०५४ सालमा नेपालगञ्जमा भएको नेकपा (एमाले) को छैठौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएपछि उनी केन्द्रीय नेतृत्वमा क्रियाशिल भएकी थिइन्। २०५४ मा अखिल नेपाल महिला संघको अध्यक्षमा निर्वाचित भएकी विद्या त्यसपछि दुई वटा सम्मेलनबाट अखिल नेपालमहिला संघको अध्यक्षमा चुनिएकी थिइन्।
२०५९ सालमा जनकपुरमा भएको नेकपा (एमाले) को सातौं महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा निर्वाचित विद्या २०६४ सालमा बुटवलमा भएको नेकपा ९एमाले० को आठौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएकी थिइन्। २०७१ सालमा काठमाडौंमा भएको नेकपा ९एमाले० को नवौं महाधिवेशनबाट उनी अत्यधिक मतले उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।
२०५० सालमा काठमाडौं क्षेत्र नम्बर १ बाट तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई हराएर प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएकी थिइन्। २०५१ मा काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइन्।
२०५४ सालमा वातावरण तथा जनसंख्या मन्त्रीको जिम्मेवारी समालेकी विद्या २०५६ मा काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएकी थिइन्। २०६७ बाट २०६९ सम्म रक्षामन्त्री भएकी थिइन्।