Tue. Mar 11th, 2025

श्रीमानको मुक्का प्रहारबाट श्रीमतीको ज्यान गयो

Kutpit

११ कात्तिक, खोटाङ – श्रीमानको मुक्का प्रहारबाट खोटाङमा एक महिलाको ज्यान गएको छ ।

दिक्तेल नगरपालिका–७ का ५२ वर्षीय श्रीमान् ओमप्रसाद राईको मुक्का प्रहारबाट ५२ वर्षीया श्रीमती वुद्धिशोभा राईको ज्यान गएको हो ।

दुबैजना रक्सीले मातेको अवस्थामा सामान्य भनाभन हुँदा श्रीमानले मुक्का प्रहार गर्दा वुद्धिशोभाको ज्यान गएको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताए । हत्यामा संलग्न ओमप्रसादलाई नियन्त्रणमा लिएर कारबाही थालिएको माझीको भनाइ छ ।

घरमा कोही नभएको समयमा मङ्गलबार दिउँसो भएको सो घटना साँझ छोराबुहारी घर आएपछि मात्र थाहा भएको स्थानीयवासीले जनाएका छन् । मृतक वुद्धिशोभा घोप्टो परेर लडिरहेको भेटिएपछि सोधपुछ गर्दा श्रीमान् श्रीमतीबीच झगडा भएको बुझिएको स्थानीयवासीले बताएका छन् ।

मृतकको शव परीक्षणका लागि मङ्गलबार राति नै जिल्ला अस्पताल खोटाङ ल्याइएको प्रहरीले जनाएको छ । मृतकको शरीरको विभिन्न ठाउँमा नीलडाम देखिएको छ । रासस

About The Author

अन्य समाचारहरु: