Thu. Jan 30th, 2025

हिरो-हिरोइनको भन्दा हाम्रो क्रेज धेरै छ

पछिल्लो समयकी जल्दिबल्दी गायिकाको रुपमा चिनिन्छिन् सुनिता दुलाल । सांगीतिक कार्यक्रमको सिलसिलामा वर्षको ६ महिनाभन्दा बढी त उनी विदेशमै हुन्छिन् । अन्य गायिकाहरुको तुलनामा सुनिताको स्टेज क्रेज अत्यधिक छ । आफु प्रायः सारीमा प्रस्तुत हुने भएकाले पनि यो स्टेज क्रेज बढि भएको उनी अनुमान गर्छिन् । सुनीतासँग गरेको मनोरञ्जन वार्ताः

sunita-dulal

तपाईं स्वदेशमा भन्दा बढि त विदेशमै भेटिनुहुन्छ हगि ?
हो, दुई तीन-वर्षदेखि आधा-आधाजस्तो भइरहेको छ । वर्षमा ६ महिनाजति विदेशमै हुन्छु ।

देशबाहिर जाँदा के-के कुरा मिस गर्नुहुन्छ ?
परिवारका सदस्यको अत्यधिक याद आउँछ । सबैभन्दा धेरै याद केटोकटीको आउछ । दाईका छोराछोरीसँग बसेका उनीहरुलाई हरदम सम्भिmइरहन्छु । अनि, एल्बमको काम गर्न नपाएकोमा पनि सूर्ता लाग्छ ।

विदेशमा रहँदाका रमाइला पक्षहरु के-के हुन् ?
विदेशको मज्जा अर्कै छ । धेरै फ्यानहरुसँग भेट हुन्छ । धेरै देशमा मेरो ‘उकाली ओराली’ कार्यक्रमका फ्यान हुनुहन्छ । नेपालमा हुँदा बरु भेट हुँदैनथ्यो । उहाँहरु मलाई भेट्दा मख्ख पर्नुहुन्छ, म उहाँहरुलाई भेट्दा मख्ख पर्छु ।

प्लेन चढ्दा कत्तिको डर लाग्छ ?

पहिलोपटक काठमाडौबाट पोखरा जाँदा प्लेन चढेको थिएँ । हल्का डर लागेको थियो । बरु डोमेस्टिकमा डर लाग्छ, तर पनि विदेश जाँदा डर लाग्दैन । म त प्लेनमा मज्जाले निदाइदिन्छु । प्लेनको खाना पनि मिठो लाग्छ ।

संसारमा त्यस्तो कुन ठाउँ छ जहाँ प्लेनबाट हेर्दा सबैभन्दा राम्रो देख्नुहुन्छ ?
अहिलेसम्म गएका मध्ये मलाई स्कटल्याण्ड निकै राम्रो लाग्यो । स्कटल्याण्डको भ्यु यति राम्रो छ कि शब्दमा वर्णन गर्नै सक्दिन । त्यहि भ्यु हेर्नका लागि पनि मलाई फेरि एकपटक स्कटल्याण्ड जान मन लागेको छ ।

काठमाडौ चाँही कस्तो लाग्छ ?
धेरैले भन्छन् काठमाडौ फोहोर छ । कोलाहाल छ । आफु जन्मेको ठाउँ भएर होला मलाई त काठमाडौ निकै रमाइलो लाग्छ । एअरपोर्टबाट झरेपछि काठमाडौ वरिपरिको डाँडाकाँडा देख्दा निकै रमाइलो लाग्छ ।

तपाईंका मिल्ने साथी कति छन् ?
निकै थोरै छन् । कलेज पढ्दा पनि दिउसो कलेज र बेलुका एफएममा कार्यक्रम चलाउने गर्न थालेँ । मसँग त्यति धेरै साथी बनाउने समय नै भएन ।

फुर्सदमा के गर्नुहुन्छ ?
मलाई मन्दिर जान रमाइलो लाग्छ । फुर्सद भयो भने घुम्छु । भगवानप्रति आस्था छ । त्यहि भएर कम्पनीको नामसमेत घर नजिकैको भगवानको नाममा राखेको छु ।

लोकदोहोरी गाउनेलाई अरुको तुलनामा हेप्छन् रे हो ?
मलाई त त्यस्तो लाग्दैन । अहिले त स्वदेशदेखि विदेशमा आयोजना हुने हरेक कन्सर्टमा लोकगीत अनिवार्य हुन थालेको छ । दोहोरीविनाको कन्सर्ट खल्लो हुन्छ । यस्तो अवस्थामा दोहोरी गाउनेलाई हेप्छन् कसरी भन्ने रु मलाई त लाग्छ अहिले ५ वटा फिल्म खेलेको हिरो(हिरोइनलाई भन्दा एउटा राम्रो लोकगीत गाउनेलाई दर्शकले बढी सम्झिन्छन् ।

तपाई प्रायः सारीमा देखिनुहुन्छ नि किन ?
कुनै पनि नारीलाई सारी एकदमै सुहाउँछ । मलाई पनि धेरैले सारी सुहाएको छ भन्छन् । लोकगीत गाउने भएकाले पनि सारी बढी लगाउछु ।
लोकगीत र सारी दुवै हाम्रा संस्कृति हुन् । पाइन्ट लगाएर पनि लोकगीत गाउन त पाईन्छ । तर, सारी लाएर स्टेजमा जाँदा मलाई छुट्टै रमाइलो लाग्छ रु

स्कुले जीवन सम्झिदा ?
निकै रमाइलो लाग्छ । स्कुलमा धेरै गाउथेँ । सिन्धुपाल्चोकको जलबिरेमा म जन्मेको । बलेफी खोला बगरिहेको याद आउछ । खोलाकै किनारमा स्कुल थियो ।

हिरोईन हुने प्रस्ताव आएन ?
प्रस्ताव त आयो । तर, मलाई हिरोइन हुने रहर जागेन । बरु भविष्यमा म आफै फिल्म बनाउन चाहन्छु । सन्देश मुलक फिल्म बनाउन चाहन्छु । थाह छैन, त्यो फिल्ममा म आफैं खेल्छु वा अरुलाई मौका दिन्छु ।

भिडियोमा चाँही अरुलाई खेल्न दिनु हुन्न ?
भिडियोमा चाँही मैले भन्दा पनि निर्देशक र एल्बम उत्पादकले मलाई नै कर गरेकाले आफैं अभिनय गरेको हुँ । मेरो एल्बम प्रायः तीज केन्द्रित हुने भएकाले आफैं नाच्ने गरेकी छु ।

अनलाइन खबरबाट साभार

About The Author

अन्य समाचारहरु: