Tue. Mar 11th, 2025

कलाकारको सम्मान स्वरुप पहिलो प्रियासी म्युजिक अवार्ड हुने

priyasi music
धादिङ – प्रियासी म्युजिक प्रा.लि.ले आगामी माघ २४ गते कलाकारको सम्मान स्वरुप अवार्ड कार्यक्रम गर्ने भएको छ ।

आफ्नो दोश्रो वार्षिक उत्सब सहित म्युजिक अवार्ड समेत गर्न लागेको प्रियासी म्युजिकका सन्चालक राजेन्द्र पुरिले बताए । नेपाल तथा अन्य मुलुकमा रहेका कला र गला भएका नेपालीलाई गीत संगीतमा लाग्न प्रेरणा दिदै अगाडि बढ्न प्रियासी म्युजिकले मद्दत गरेको पुरिको भनाइ छ । प्रदेशमा रहेका नेपालीले नेपाल नआई सोही देशबाटै आफ्नो प्रस्तुती बजारमा ल्याउन सक्ने बातावरण समेत गराएको उनको दाबी छ । पुरी थप्छन् “कम्पनीले बिदेशबाट धेरै कलाकारलाई अगाडि बढाउदै आएको छ,कला र गला भएका प्रतिभाको उचित सम्मान र मुल्यकन होस भन्ने हामी चाहन्छौ । देश तथा बिदेशमा बसेर पनि गीत संगीतमा आफ्नो एउटा पाईलाले काम गरोस । सबै कलाकारलाई उचित स्थान दिन सकु भन्ने सोचले अवार्ड गर्दै छु । “

नेपाली लोक तथा दोहोरी लगायत अन्य सबै खाले गीत संगीतलाई समाबेश गरी ३२ वटा बिधामा अवार्ड प्रदान गर्न लागेको हो । आफ्नो पहिलो प्रयास भएको र नेपालमा बितरण गरिने अवार्डका बारेमा थुप्रै नकारात्मक हल्ला हुने भएकोले पनि सक्दो मेहेनतका साथ अवार्डलाई स्वच्छ र निस्पक्ष तरिकाले सम्पन्न गर्ने प्रियासी म्युजिककी प्रबन्ध निर्देशक बबिता पुरिको भनाइ छ । जहाँ बसेर गीत संगीतलाई माया गरे पनि आफ्नो कला प्रतिभा देखाए पनि सबै कलाकारको उचित सम्मान र मुल्यकन होस भन्दै यो अवार्डको आयोजना गरेको बबिता पुरीले बताइन्

पहिलो प्रियसी म्युजिक अवार्ड २०७२ का बिधाहरु
१. सर्बोत्कृष्ट गीत
२. सर्बोत्कृष्ट गायन सुगम सगीत (पुरुष )
३. सर्बोत्कृष्ट गायन सुगम सगीत (महिला )
४. सर्बोत्कृष्ट सगीत (सुगम सगीत )
५. सर्बोत्कृष्ट रचना(सुगम सगीत)
६. सर्बोत्कृष्ट महिला गीतकार
७. सर्बोत्कृष्ट एल्बम सुगम सगीत
८. सर्बोत्कृष्ट एरेन्जर (सगीत योजना )
९. सर्बोत्कृष्ट पप गायन पुरुष
१०. सर्बोत्कृष्ट पप गायन महिला
११. सर्बोत्कृष्ट सङ्गीत (पप )
१२. सर्बोत्कृष्ट युगल गायन
१३. सर्बोत्कृष्ट लोक दोहोरी गायक
१४. सर्बोत्कृष्ट लोक दोहोरी गायिका
१५. सर्बोत्कृष्ट लोक दोहोरी भाका
१६. सर्बोत्कृष्ट रचना
१७. सर्बोत्कृष्ट लोकदोहोरी गीत
१८. सर्बोत्कृष्ट मोडेल भिडीयो तर्फ (आधुनिक )
१९. सर्बोत्कृष्ट मोडेल भिडीयो तर्फ (लोक दोहोरी )
२०. सर्बोत्कृष्ट प्ले ब्याक सिंगर मेल (पाशर्व पुरुष )
२१. सर्बोत्कृष्ट प्ले ब्याक सिंगर फिमेल (पाशर्व गायन महिला )
२२. सर्बोत्कृष्ट चलचित्र सगीत
२३. सर्बोत्कृष्ट राष्ट्रिय भावाना ओतप्रोत गीत
२४. सर्बोत्कृष्ट म्युजिक भिडीयो निर्देशक लोक दोहोरी
२५. सर्बोत्कृष्ट म्युजिक भिडीयो निर्देशक सुगम सगीत
२६ . सर्बोत्कृष्ट छायांकार (क्यामेरा पर्सन म्युजिक भिडीयो )
२७. सर्बोत्कृष्ट सम्पादक (एडिटर म्युजिक भिडीयो)
२८. सर्बोत्कृष्ट ध्वनि मुद्रण
२९. सर्बोत्कृष्ट नवप्रतिभा
३०. सर्बोत्कृष्ट नवप्रतिभा (लोक दोहोरी तर्फ )
३१. सर्बोत्कृष्ट म्युजिक कम्पनी
३२. सर्बोत्कृष्ट पब्लिक चवाइस अवार्ड

About The Author

अन्य समाचारहरु: