Wed. Mar 5th, 2025

एमालेले विद्या भण्डारीलाई राष्ट्रपतिमा उम्मेदवार बनाउने

bidhya-Bhandari
९ कात्तिक, काठमाडौं – नेकपा एमालेले उपाध्यक्ष विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकले भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

उपराष्ट्रपतिमा भने एमालेले सत्तारुढ गठबन्धनसँग छलफल गरेर एकीकृत माओवादी या अरु कुनै पार्टीको उम्मेदवारलाई सघाउने भएको छ । एमालेले राष्ट्रपति र एकीकृत माओवादीले उपराष्ट्रपतिमा उम्मेदवारी दिनेबारे कुरा भैरहेको नेताहरुले बताएका छन् ।

राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार तय गर्न कांग्रेस पनि आन्तरिक छलफलमा जुटेको छ । कांग्रेसले राष्ट्रपति र उपराष्ट्रपति दुवैमा उम्मेदवारी दिने बताइसकेको छ ।

About The Author

अन्य समाचारहरु: