८ कात्तिक, काठमाडौँ – लागु औषधसहित दुई जनालाई महानगरीय प्रहरी वृत्त गौशालाले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ उर्लाबारी–९ का १६ वर्षका सन्दिप राई रहेका छन् । प्रहरीले लागु औषध गाजाको साना पुरिया बनाई बिक्री गर्न हिँडेका उनलाई ३ सय २० ग्राम गाजासहित गौशाला वनकाली मोडबाट पक्राउ गरेको हो ।
यस्तै काठमाडौं कुमारीगाल बस्ने २२ वर्षका किरण बिष्टलाई अबैध लागु औषध व्युप्रिनोर्फिन ७३ एम्पुल, डाइजेपाम ७३ एम्पुल, फेनारगन ७३ एम्पुलसहित प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका दुवैको विषयमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी नायव उपरिक्षक सुरेन्द्रप्रसाद मैनालीले बताउनुभयो ।