Tue. Nov 26th, 2024

धादिङ सेवा समाज इजरायलद्धारा विद्यालयलाई सहयोग

sundaradevi
धादिङ  – वैदेशिक रोजगारीको सिलसिलामा धादिङ जिल्लाबाट इजरायलमा रहेका साथीहरुको संस्था ुधादिङ सेवा समाज इजरायलुको पहलमा धादिङको एक विद्यालयलाई सहयोग अभियान संचालय गरिएको छ ।

नेपालमा आएको विनाशकारी भूकम्पमा परि विद्यालय भत्किएपछि धादिङ जिल्ला निलकण्ठ(३, रानाडाँडास्थित सुन्दरादेवी प्राथमिक विद्यालयको भौतिक संरचना पुनस्थापना गर्ने उदेश्यले एक हातेमालो सहयोग अभियान संचालन गरिएको थियो ।

सोही सिलसिलामा धादिङ सेवा समाज इजरायलको पहलमा इजरायल लगायत देश विदेशका अन्य बिभिन्न स्थानका सहयोगी मनहरुबाट केही रकम सहयोग संकलन गरी बुधबार विजया दशमीको शुभकामना सहित एक लाख त्रिसठ्ठी हजार हस्तान्तरण गरिएको छ ।

अभियानका संयोजक तथा स्थानीय समाजसेवी डा। नविनबन्धु दाहालले हातेमालो अभियानको सो रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सानुमाया दुवाडी, विद्यालयकी प्रधानाध्यापक सरस्वती दाहाल तथा उपप्रधानाध्यापक लेख बहादुर ढकालको उपस्थितिमा हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै उनले विद्यालय भवन निर्माणको लागि सहयोग जुटाउनु हुने धादिङ सेवा समाज इजरायलका भाई बहिनीहरु तथा अन्य सम्पूर्ण सहयोगी मनहरुलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गरे ।

About The Author

अन्य समाचारहरु: