Tue. Mar 11th, 2025

ट्रेकिङ लौरो र नगद पाएपछि सल्यानटारका एकल पुरुष खुसीले रोए

salyantar 1
सरिता श्रेष्ठ / २ कात्तिक, धादिङ – हाम्रो समाजमा एकल महिलाहरुलाई विभिन्न संघसंस्थाहरुले राहत वितरण गर्ने गर्दछ । उनीहरुलाई विशेष प्याकेज नै बनाएर सहयोग गर्ने गरेको उदारहणहरु त प्रशस्त भेटिएको पाइन्छ तर एकल महिलालाई जस्तै सल्यानटारमा एकल पुरुषहरुलाई पनि सहयोग गरेको उदारहण छ ।

सल्यानटार ७ का समाजसेवी नवराज बुर्लाकोटीले सल्यानटार गाँउ विकास समितिका सय जना एकल पुरुषहरुलाई ट्रेकिङ लौरो र ५ सय नगद रुपैया वितरण गरेका छन् । सिंगापुर गुप्रमा रहेका साथीहरुको पहलमा गाविस भरीका एकल पुरुषलाई सहयोग गरेका हुन् । एकल महिलाहरुलाई त सबैले सहयोग गर्छन् तर एकल पुरुषहरुको सहयोगमा कसैको नजर जान सकेन त्यसैले सहयोग गरे बुर्लाकोटीले बताए ।

salyantar 2

राहत पाएपछि कोही खुसीले रोए, भने कोहि नाचे । आफुलाई सहयोग गरेको भन्दै सल्यानटार ६ का १ सय ९ वर्षीय सूर्य बहादुर श्रेष्ठ हर्षले आँखामा बरर आँसु झारे । भूकम्पले घर लग्यो, टहरामा बस्दै आइरहेको छु, यो सहयोगले धेरै खुसी भएको छु, उनले आसु झादै बताए । बैशाख १२ गते गएको विनाशकारी भूकम्पले श्रीमती गुमाए पछि पीडामा रहेका बाबुकृष्ण श्रेष्ठले पनि राहत पाएकोमा खुसी भएको बताए । श्रीमती गुमाएपछि चुलोमा खाना पाकेको छैन, पीडा भर्खर सिक्दै छु उनी भन्छन् ।

राहत वितरण पछि धेरैले खुसी व्यक्त गरेका थिए । खासगरी वृद्धहरु बढी खुसी देखिन्थे । कार्यक्रम अन्र्तगत नै मंगलबार दशैको पोका वितरण अन्र्तगत मसला, चिउरा, नुन लगायतका सामानहरु वितरण गरिने समाजसेवी बुर्लाकोटीले जानकारी दिए । सल्यानटार गाविसभरीका खासगरी असहाय, वृद्धवृद्धा, एकल महिला, पुरुषहरुलाई वितरण गरिनेछ ।

About The Author

अन्य समाचारहरु: