Tue. Mar 4th, 2025

बार्सिलोना ५–२ ले विजयी

basrsilona

१ कात्तिक, काठमाडौँ –  स्पेनिस ला लिगा अन्तर्गत शनिबार रातिको खेलमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले रायो भालेकानोलाई ५–२ ले हराएको हो । बार्सिलोनाको जितमा नेइमार एक्लैले चार गोल गरे ।

अर्को एक गोल लुइस स्वारेजले गरे । २२ औं मिनेटमा पेनल्टी मार्फत गोल गर्दै नेइमारले बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । ३२ औं मिनेटमा पाएको अर्को पेनल्टीको अवसरलाई पनि सदुपायोग गर्दै नेइमारले बार्सिलोनाको अग्रता दोब्बर पारे । ६९ औं मिनेटमा ह्याट्रिक पुरा गरेका नेइमारले त्यसको एक मिनेटपछि नै चौंथो गोल गर्दै बार्सिलोनाको अग्रता ४–१ मा पु¥याए । त्यसअघि १५ औं मिनेटमा रायो भालेकानोका लागि जाभी गुएराले एक गोल गरेका थिए । ७७ औं मिनेटमा लुइस स्वारेजले गोल गरेपछि बार्सिलोनाको अग्रता ५–१ मा पुग्यो । रायो भालेकानोका सान्चेज रुइजले ८६ औं मिनेटमा गोल फर्काएपछि बार्सिलोना ५–२ ले विजयीभएको छ ।

जितपछि बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाको शीर्ष स्थानको रियल मड्रिडको जस्तै ८ खेलबाट १८ अंक नै भएपनि गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । शनिबार राति भएका अरु खेलमा भ्यालेन्सियाले मालागालाई ३–० तथा स्पानियोलले रियल बेटिसलाई ३–१ ले हरायो । एइबर र सेभिल्लाले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

About The Author

अन्य समाचारहरु: