धादिङ – धादिङबेसी यात्रुहरुको मागलाई मध्यनजर गर्दै ग्रामीण यातायात सहकारी संस्था लि। ले अब गाउँ–गाउँमा यातायातको सेवा पु¥याउने भएको छ ।
२०६५ साल जेठ १९ गते स्थापना भएको सहकारी संस्थाले धादिङ जिल्लाको उत्तरी क्षेत्रका वासिन्दा र संस्थाको शेयर सदस्यहरुको मागलाई मध्यनजर गरी थप गाडीहरुको व्यवस्था गरेको हो । सहकारी संस्थाले पहिलो चरणमा आरुघाट, आर्खेत, सल्यानटार, सिकटार र खहरे लगायतका स्थानहरुबाट सेवा दिने संस्थाका अध्यक्ष चक्रबहादुर भण्डारीले जानकारी दिए । हाल ग्रामीण यातायात सहकारी संस्थाले धादिङ काठमाण्डौ रुटमा ४० र धादिङवेसी सुनौलाबजार १ गरी ४१ वटा मिनीबसले सेवा दिईरहेको छ । दसै यता ४ वटा गाडीले आरुघाट सेवा दिने बताइएको छ । गुणस्तरीय सेवा, व्यवसायिक एकता ग्रामीण यातायातको प्रतिवद्धना भन्ने मुल नाराका साथ स्थापित ग्रामीण यातायात सहकारी संस्था लि। नेपालमा साझा यातायात पछिको दोस्रो संस्थाको रुपमा स्थापित भएको ग्रामीण यातायात सहकारी संस्थाका महासचिव हरिबहादुर श्रेष्ठले बताए ।
संस्था स्थापनाकालदेखी नै यातायात क्षेत्रमा गुणस्तरीय सेवा, तथा व्यवसायीक एकताका लागि आफूहरुले सहकारी संस्था मार्फत काम गरिरहेको महासचिव श्रेष्ठको भनाई छ । विगतका वर्षहरुमा भन्दा पछिल्ला समयमा यातायातमा सवार यात्रुहरुको गुनासा पनि कम हुँदै गएको छ ।
संस्थाद्धारा सञ्चालित यातायातका चालक तथा सह चालकहरुलाई नियमति रुपमा प्रशिक्षण दिइएको बताउदै श्रेष्ठले यातायात क्षेत्रमा हुन सक्ने सम्भावित दुर्घटनामा समेत कमी आइरहेको दावी गरे। संस्थाले शेयर सदस्यहरु, तथा स्थानीयहरुको मागलाई ध्यानमा राखी नन स्टप सेवा समेत सुचारु गर्न लागिएको समेत बताइएको छ ।
यस्ता छन् विशेषताहरुः
गाडीहरु एउटै कलरमा –
ग्रामीण यातायात सहकारी संस्था लिमिटेडले संस्थाद्धारा सञ्चालित सम्पूर्ण सवारी साधनको कलर एउटै बनाएर सञ्चालन गरिरहेको छ केही समय अघिदेखी एउटै कलर यातायात सञ्चालन भैरहेको छ भने थप गरिने बसहरु पनि एउटै कलर आउनेछन् । सहकारी संस्थाले प्रदान गरेको सेवालाई प्रभावकारी बनाउन र यात्रुले टाढैबाट ग्रामीण यातायातकै बस हो भनेर चिन्न सजिलोका लागि पनि एउटै कलरमा सेवा दिन लागिएको ग्रामीण यातायात सहकारी संस्थाले जानकारी दिएको छ ।
भूकम्प पछि विशेष छुटमा सेवा
बैशाख १२ गते गएको विनासकारी भुकम्पका बेला समेत विशेष सहुलियत प्रदान गरेर यातायात संचालन गरेको थियो । भूकम्पअघि धादिङ काठमाण्डौका भाडादर १८० भएकोमा भूकम्पपछि १३० रुपैयाँमा सबै यात्रुहरुलाई ओसार–पसार गरेको थियो ।
चालक सहचालकलाई नियमित प्रशिक्षण
सहकारी संस्थाद्धारा सञ्चालित यातायातमा कार्यरत चालक तथा सहचालकहरुलाई नियमित रुपमा प्रशिक्षण दिने कार्य भैरहेको छ । यातायातका क्षेत्रमा सम्भावित दुर्घटनाहरु न्यूनिकरणको लागि नेपाल प्रहरी, ट्राफिक प्रहरी, संस्थाका पदाधिकारी तथा सदस्यहरु विच अन्तरक्रिया गर्दै चालक तथा सह चालकहरुलाई नियमित रुपमा प्रशिक्षण दिँदै आएको छ ।
प्रत्येक २० मिनेटमा क्यू लाग्ने
ग्रामीण यातायात संस्थाद्धारा संचालित मिनीबसहरु बिहान ५ः३० बजेदेखि बेलुका ४ः३० सम्म २०÷२० मिनेटमा धादिङबेसी र काठमाण्डौबाट छुट्ने गरेको छ । यसले गर्दा यात्रुहरु बाटोमा कुरेर बसिराख्नुपर्ने अवस्थामाट मुक्त भएका छन् ।
सहकारी सदस्य लाइ छुट
जिल्लाका सम्पृण सहकारी सदस्य लाइ पनि छुट रु ३० दिएको छ।