३० असोज, धादिङ – दसैं नजिकिँदै जाँदा घर फर्किने यात्रुको चापका बीच यात्रुबसले दोब्बरभन्दा पनि बढी भाडा असुल्न थालेका छन् ।
भारतले गरेको अधोषित नाकाबन्दी र तराईमा जारी आन्दोलनका कारण इन्धनको अभाव हुँदा थोरै मात्रामा गाडी चढेको र त्यसमा पनि सवारीसाधनले दोब्बर भाडा लिन थालेपछि यात्रु मारमा परेका छन् ।
काठमाडौंबाट धादिङको उत्तरी क्षेत्र सल्यानटार जान लागेका हरि सापकोटाले काठमाडौंदेखि धादिङसम्मको भाडा तीन सय तिरेको बताए ।
काठमाडौंबाट धादिङसम्मको भाडा एक सय ७० रुपैयाँमात्र रहेको छ । सापकोटाले भने, ‘धेरै बेरसम्म बस कुनुपर्यो, त्यसमाथि पनि भाडा बढी तिर्नु प¥यो ।
मान्छे धेरै भएकाले छतमा चढेर यात्रा गरियो । त्यो पनि दोब्बर भाडा तिरेर ।’ बस पाइँदैन जसोतसो जानै परेको छ । भाडाका विषयमा किन कराउनु भनेर चुपचाप तीन सय तिरेको सापकोटाले बताए । यस्तो समस्या धादिङको विभिन्न उत्तरी भेगमा जानेहरुको रहेको छ । दशै मनाउन घर जान लागेका यात्रुहरुसँग देब्बर भाडा लिने गरेको यात्रुहरुको भनाई छ । छतमा पनि मान्छे कोच्ने अनि दोृब्बर भाडा लिने गरेको छ ।