३० असोज, काठमाडौं – चुरोटमा छापिएको डरलाग्दो चेतावनीमूलक सन्देशका कारण चुरोटको प्रयोग दरमा ५५ प्रतिशतले कमी आएको छ ।
सूर्तीजन्य पदार्थको प्रयोगविरुद्ध अभियानमा लाग्दै आएको संस्था एक्सन नेपालले देशका नौ जिल्लामा गरेको सर्वेक्षणबाट चुरोट सेवन दरमा कमी आएको देखिएको छ ।
संस्थाले गत पुस महिनामा एक महिना लगाएर मोरङ, पर्सा, काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, कैलाली बाँके र चितवनमा सर्वेक्षण गरेको थियो । सर्वेक्षणमा दुई हजार दुई सय ५० जना सहभागी थिए । त्यसमध्ये चुरोट प्रयोग कर्ता ६ सय ७०, चुरोट छाडेका एक सय ९३ र कहिल्यै चुरोट सेवन नगरेका एक हजार तीन सय ८७ जना रहेको संस्थाले जनाएको छ ।
चुरोट सेवन सुरु नगरेका करिब ९० प्रतिशत किशोर तथा युवाले चित्रकै कारण आफूहरु सेवनको सुरुवात गर्नबाट जोगिएको बताएका थिए । गोरखापत्रबाट