२९ असोज, धादिङ – ६० औँ प्रहरी दिवसको अवसरमा शुक्रबार जिल्ला प्रहरी कार्यलय धादिङले धादिङबेसीमा रक्तदान कार्यक्रम गरेको छ । जिल्ला प्रहरी कार्यलय धादिङको प्राङगणमा गरिएको कार्यक्रममा ३६ जना पुरुष र २ जना महिला गरी ३८ जनाले रक्तदान गरेका छन् ।
रक्तदान कार्यक्रमको प्रहरी नायव उपरीक्षक सविन प्रधान, नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष नवराज छत्कुली तथा अन्य पत्रकारहरुले सयुक्त रुपमा रक्तदान गरेर सुरुवात गरिएको थियो । कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नागरिक समाज तथा पत्रकारहरुले रक्तदान गरेका थिए ।
रगतको अभावमा कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भन्ने उद्धेश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको प्रहरी नायव उपरीक्षक प्रधानले जानकारी दिए ।