धादिङ – ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल (टान) को अध्यक्षमा चन्द्रप्रसाद रिजाल विजयी भएका छन् । विहिबार भएको निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी सागर पाण्डेलाई ७९ मतले हराउँदै रिजाल विजयी भएका हुन् । रिजालले ४११ र पाण्डेले ३३२ मत ल्याए । रिजाल समूहले १७ मा १५ स्थानमा बाजी मारेको छ । पाण्डे समूहबाट कोषाध्यक्ष र एक सदस्य विजयी भए ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा टाँसी लाक्पा शेर्पा विजयी भए । उनले ४०४ मत ल्याए भने उनका प्रतिस्पर्धी निमा शेर्पाले ३३१ मत ल्याए । प्रथम उपाध्यक्षका प्रतिष्पर्धी तेज गुरुङले ३७१ मत ल्याएर आफ्नो विजय सुनिश्चित गरे । उनीसँगै प्रतिष्पर्धामा रहेकी विद्या हिराचनले भने ३६५ मत पाईन् ।
यस्तो छ मतपरिणामः
अध्यक्ष चन्द्र रिजाल – ४११
अध्यक्ष सागर पाण्डे -३३२
द्धित्तिय उपाध्यक्षमा
ऋषिप्रसाद नेपाल : ३२५
रामप्रसाद सापकोटा : ४०३ (विजयी)
महासचिवमा
पाशाङ शेर्पा : ३२७
कर्णबहादुर लामा : ४१२ (विजयी)
सचिवमा
मुक्ति पाण्डे : ४०४ (विजयी)
छेटुप तामाङ : ३२२
कोषाध्यक्षमा
लिलाबल्लभ दाहाल ः ३८५ (विजय)
सोनामा ग्याल्जेन शेर्पा ः ३५४
सह–कोषाध्यक्ष
कृष्णमान श्रेष्ठ : ३९३(विजयी)
शंकर पाण्डे :३२२
सदस्यहरुमा (विजयीहरु)
रुद्रजंग अधिकारी(शम्भु) : ३७०
तारानाथ लामिछाने (दिनेश) : ३४३
देवि पाण्डे : ३७६
डम्बरबहादुर अधिकारी : ३५५
बासुदेव लम्साल : ३६०
सरिता लामा : ४४३
ङावा ङिमा शेर्पा : ३७९
वाङ्छु शेर्पा : ३७०
पेम्बा शेर्पा (संगम) : ३३८