२८ असोज, धादिङ – राष्ट्रिय वाणिज्य बैंक धादिङबेसी शाखाले आफ्ना ऋणी (कर्जावाला) लाई मात्र कर्जा शाखाबाट नयाँ नोट सटही गरेको छ । नयाँ नोट सटही गरेको सुचना पाएपछि विहिबार पत्रकार केशव अधिकारी र पोषनाथ अधिकारीसंगै वैंकको कर्जा शाखामा गए । कर्जा शाखाले पोषनाथ अधिकारीलाई पाँच, दश, बीस पचास र एक सय दरका दुईरदुई गट्टी (मुठा) ३७ हजार रुपयाँको नयाँ नोट दिए । अधिकारीले त्यो पैसा त्रिपुरा पुस्तक पसलमा ल्याएर १ गट्टीबाट ५ हजार रुपैया केशव अधिकारीलाई दिएको र बाँकी पैसा मदन कुमार श्रेष्ठलाई दिई १ गट्टी आफुले लिएको पोषनाथ अधिकारीले पाविलन्युज डटकमलाई बताए ।
विहान ७ वजेदेखि चेक साट्न आएकाहरु भन्दै थिए काउण्टरबाट नयाँ नोट नसाटी प्रवन्धकको कोठाबाट नयाँ नोट सटही गरेका छन् । हामी चाहिं राष्ट्रिय वैंकका ग्राहक परेन छौ भन्दै ग्राहकहरु दुखेसो पोख्र्दै थिए । स्थानीय व्यापारी इश्वर धरेल पनि नयाँ नोट सटही गर्न गएका थिए । उनलाई वैंकका प्रवन्धक केशववावु घिमिरेले नयाँ नोट ल्याएको छैन भन्ने जवाफ दिएर फर्काइ दिए ।
वैंकको कर्जा शाखामा पुगेर नयाँ नोट सटही सम्वन्धि जानकारी लिदां नयाँ नोट थोरै छ, त्यही भएर आफ्ना ऋणी (कर्जावाल) लाई मात्र पाँच, दश, बीस पचास र एक सय दरका नोट दिएकाछौ आलोक श्रेष्ठले बताए । सर्वसाधरणले कहिले पाउँछन् त भनेर जिज्ञासा राख्दा वाँकी रहे भने मात्र पाउँछन भन्ने ठाडो जवाफ दिए ।
वैंकका प्रवन्धक घिमिरे कार्यालय वाहिर रहेकाले उनीसंग मोवाइलमा सम्र्पक गर्दा पाँच, दश, बीस पचास र एक सय दरका नोट दश वण्डलका दरले ल्याएकोले सर्व साधारणलाई दिन नसक्ने बताए । उनले भने ऋणी (वर्जावाल) लाई दिएर वाँकी रहे भने मात्र सर्वसाधारणलाई दिन्छौ ।
सर्वसाधारण जनतालाई नयाँ नोट नहुदां दशै रोकिने त होईन तर पाँच, दश, बीस पचास र एक सय नोट नहुदां हिन्दु परम्परा अनुसार टिका लगाई दिएपछि आर्शिवाद दिने, जमरा जगाई दिने र गछ्य अनुसार दक्षिणा दिने चलन छ । खुद्रा नोट नहुदां सर्वसाधरण मर्कामा परेका छन् ।
प्रभु वैंक प्रवन्धक राजु पन्थले इन्धन अभावका कारण नयाँ नोट ल्याउन ढिला भएको भन्दै शुक्रवार वा आइतवार ल्याउने जानकारी दिए । त्यसै गरी सानिमा वैंकमा सम्पर्क राख्दा प्रवन्धक विकाल ढकालले नयाँ नोट ल्याउने तयारी छ तर कहिले हुन्छ भन्न नसकिने अवस्था रहेको बताए ।