Tue. Nov 26th, 2024

आज विश्व हात धुने दिवस मनाईंदै

hand
२८ असोज, धादिङ – आज विश्व हात धुने दिवस, स्वच्छताका लागि हात बढाऔँ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । साबुन पानीले हात धोएमा झाडापखाला, निमोनियमा जस्ता ४० प्रतिशत र श्वासप्रश्वास सम्बन्धी संक्रमणलाई २३ प्रतिशतले घटाउन सकिने डाक्टरको भनाई छ ।

विश्वमा निमोनिया र झाडापखालाका कारण हरेक वर्ष ५ वर्षमुनिका १७ लाख बालबालिकाको ज्यान जाने गरेको छ । साबुन पानीले मिचीमिची हात धोएमा नवजात शिशुको मृत्युदर उल्लेखनीय रुपमा घटाउन सकिने डाक्टरले बताएका छन् । केही वर्ष यता हात धुने दिवसलाई बालबालिका केन्द्रीत गरिएको छ । बालबालिकामा आएको चेतनाले समाज परिवर्तनमा महत्वपूर्ण काम गर्ने भएकाले उनीहरु लक्षित कार्यक्रम भएका हुन् ।

सन् २००८ अक्टोबर १५ तारिख देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । शौचालय गएपछि तथा खाना खानु र खुवाउनु अघि साबुन पानीले मिचीमिची हात धोए गम्भीर रोग लाग्नबाट बच्न सकिने डाक्टरको भनाई छ ।

About The Author

अन्य समाचारहरु: