Mon. Mar 10th, 2025

धादिङका प्रजिअलाई पत्रकार महासंघको बिदाई

cdo vidai 1
धादिङ – नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले सोमबार धादिङका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई विदाई गरेको छ । सोमबार महासंघको भवनमा एक कार्यक्रमको आयोजना गरी धादिङबाट सरुवा भई अध्यागमन विभाग जान लागेका धादिङका प्रमुख जिल्ला अधिकारी घिमिरेलाई विदाई गरेको छ ।

विदाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी घिमिरेले भूकम्पपछि धादिङका संचारकर्मीहरुले खेलेको भूमिकाको प्रसंसा गरेका थिए । ‘विपदका बेला धादिङका संचारकर्मीहरुले जे गर्नुपर्ने थियो त्यो गरे’ प्रमुख जिल्ला अधिकारी घिमिरले बताए । भूकम्पले क्षति पु¥याएको जिल्लाका सबै गाउँहरुको सूचना दिएर जिल्ला दैवी प्रकोप उद्धार समितिको काममा अपुरणीय सहयोग गरेको भन्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले पत्रकारहरुको प्रसंसा गरे ।

cdo bidai 2
विदाई कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुलीले प्रमुख जिल्ला अधिकारी धिमिरेलाई प्रसंसा पत्र, ढाका टोपी र टीका लगाएर विदाई गरेका र्थिए ।

कार्यक्रममा जिल्ला बन कायालय धादिङका प्रमुख (कर्मचारी मिलन केन्द्रका अध्यक्ष राजेन्द्रमान सिंह भण्डारी, प्रहरी नाउव उपरीक्षक सविन प्रधान लगायत विविभन्न मिडिया हाउसका प्रमुख एवम् प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

About The Author

अन्य समाचारहरु: