२५ असोज, धादिङ – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ जिल्ला शाखा धादिङको अध्यक्षमा धादिङको थाक्रे ३ महादेवबेसीमा रहेको जनजागृती उच्च मा.वि का गोकर्ण रुपाखेती चयन भएका छन् ।
समितिको सोमबार भएको कार्यक्रममा रुपाखेतीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला तर्दथ समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा वाल मन्दिर माविका लक्ष्मी श्रेष्ठ, सचिवमा भानुभक्त मावि पिडाका अर्जुन भुजेल, कोषाध्यक्षमा सरस्वती उच्च मावि धुवाकोटका नेत्र प्रसाद नेपाल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा श्री किरान्चोक कार्की डाँडा उ.मा.विका दिल वहादुर रम्तेल, निलकण्ठ उच्च मा.वि, निलकण्ठका होम नाथ रिजाल, बागेश्वरी उच्च मा.वि बेनिघाटका टिका थपलिया, सल्यानटार उ.मा.वि सल्यानटारका छविलाल श्रेष्ठ, हरिहर भोजकुमारी मा.वि केवलपूरका शिवहरी वास्कोटा र ल्याक्चेकुण्ड नि.मा.वि दार्खाका बुद्धिमान तामाङ रहेका छन् ।
जनकल्याण उच्च मा.वि विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री रामशरण अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा केन्द्रीय प्रतिनिधि मोहन निरौलाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सामुदायिक विद्यालय संस्थागत सुदृढिकरण र सुशासन कायम सम्बन्धी अन्र्तक्रिया समेत गरिएको थियो ।