Mon. Mar 10th, 2025

पत्रकार दुवाडीको जन्मदिनमा बालबालिकालाई शैक्षिक सामग्री वितरण

birthday keshab duwadi 1
२५ असोज,  धादिङ – तपाई आफ्नो जन्मदिन कसरी मनाउनुहुन्छ रु साथीभाई भेटघाट गरेर, भोज खुवाएर तथा रमाइलो गरेर जन्मदिन मनाउनुहुन्छ । तर धादिङका पत्रकार केशव दुवाडीले आफ्नो जन्मदिन बालबालिकाहरुलाई सहयोग गरेर मनाएका छन् । आफ्नो ४४ औँ जन्मदिनको अवसर पारेर सोमबार धादिङबेसीमा रहेको बालगृहका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेर जन्मदिन मनाएका छन् ।

बालबालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गर्दै दुवाडीले खर्चिलो ढङ्गले जन्मदिन मनाउनु भन्दा पनि परिवर्तित समय अनुसार मनाउदा आफुलाई छुट्टै अनुभूति भएको बताए । भूकम्पपछि विभिन्न ठाँउहरुबाट उद्धार गरेर ल्याइएका बालबालिकाहरुलाई सहयोग गर्न पाँउदा आफू खुसी भएको समेत बताए ।

birthday keshab duwadi 2

दुवाडीले कापी, कलम लगायत विभिन्न शैक्षिक सामग्रीहरु तथा खेलकुदका सामग्रीहरु बालबालिकाहरुलाई वितरण गरेका थिए ।  दुवाडी नेपाल पत्रकार महासंघ धादिङका पार्शद, प्रेस चौतारी धादिङका पूर्व अध्यक्ष समेत रहेका छन् ।

About The Author

अन्य समाचारहरु: