२४ असोज, धादिङ – पेशागत महासंघ जिल्ला शाखा धादिङले नजिकिदै गरेको शुभ विजयदशमी तथा दिपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
आइतबार मदन आश्रित स्मृति भवन धादिङबेसीमा एक कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो । कार्यक्रममा २०७२ सालको सुरुवातिमा गएको भूकम्पले ल्याएको विपद् र त्यसपछि बनेको संविधानको खुसीका बारेमा पनि चर्चा गरिएको थियो ।
पेशागत महासंघ जिल्ला समन्वय समिति धादिङका अध्यक्ष कृष्णप्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कार्य समिति धादिङका सदस्य कुलमान विक, अनेरास्ववियु धादिङका सचिव दोलख गुरुङ लगायतको सहभागीता रहेको थियो ।