२२ असोज, काठमाडौं – राष्ट्रपति डा. रामबरण यादवले बहुमतीय प्रक्रियाबाछ सरकार गठन गर्न संंसदमा रहेका दलहरुलाई आहृवान गरेका छन् । यससँगै अब संसदले प्रक्रिया सुरु गर्नेछ ।
राष्ट्रपति यादवले व्यवस्थापिका संसदलाई पत्र पठाएर संविधानको धारा २९८ को उपधारा ३ अनुसार बहुमतका आधारमा प्रधानमन्त्री चुन्न आग्रह गरेका हुन् ।
राष्ट्रपतिको आहृवान अनुसार संसदले शुक्रबार नै प्रक्रिया सुरु गर्ने तयारी गरेको छ । संसद बैठक १ बजे बोलाइएको छ ।
बैठकले २४ गते प्रधानमन्त्रीको निर्वाचन गर्ने गरी बहुमतीय प्रक्रिया सुरु हुने तयारी भएको संसद सचिवालयले जनाएको छ ।
एमाले र कांग्रेसले सरकारको नेतृत्व दावी गरको छन् । एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई उम्मेदवार बनाएको छ भने कांग्रेसले औपचारिक रुपमा उम्मेदवार घोषणा गरेको छ ।
यसअघि राष्ट्रपतिले एक हप्ताभित्र सहमतीय सरकार गठन गर्न आग्रह गरेका थिए । तर, दलहरु सहमति जुटाउन असफल रहे ।