विन्दा खतिवडा –
शिक्षाको अर्थ सिक्नु र सिकाउनु मात्र हैन कि सिकेका कुरा व्यवहारमा उतार्न सक्नु पनि हो । विद्यालय एउटा साझा फूलबारी हो, जहाँ हजारौँ थरिका फूलका गुच्छाहरू हुन्छन् जसले फरक–फरक सुगन्ध दिन्छ । कुनै पूmल उम्रदै मौलाउँछ त कुनै फूल ओइलाउन सक्छ ।
फूलको मुनालाई कस्तो बनाउने जिम्मा वा दायित्व मालीको हो । जुन जिम्मेवारी बोध ती मुनाले फल नदिउन्जेल मालीलाई रहन जरुरी छ । यदि कुनै फूलको मुना ओइलाएको छ भने मालीले आवश्यक मल–जल गर्न सक्छ तर एकै पटक फल खान मुनाको क्षमता भन्दा बढी मल–जल भएमा तथा हतारमा राम्रो फल खोजेमा अन्तत त्यसको परिणाम नराम्रो नदेखिएला भन्न सकिँदैन । शिक्षा एउटा त्यस्तो शक्ति हो जसले मूर्खलाई विद्वान् बनाउँछ, खराबलाई असल बनाउँछ, कुकर्मलाई सुकर्ममा ल्याउँछ, वेरोजगारीलाई रोजगार बनाउँछ । आज विश्व विकासको काँचुली फेरेर २१ औँ शताब्दीमा पुगिसक्यो त्यससँगै शिक्षामा भएका परिवर्तन पनि कम सम्माननीय छैन ।
विगतदेखि शिक्षाको अवस्था हेर्ने हो भने सुनिन्छ बाजेको पालामा शिक्षाको पत्तो नपाएका हामी मानव बाबाको पालामा माटोमा लेख्नसम्म पाउने भाग्यमानी भयौँ र मानवले एक पुस्ता फेरेर सरकारी विद्यालयमा कमक्षा ४ बाट अङ्ग्रेजी ब,द,अ,म पढ्न पाउने हामी मानव पुस्ता फेरिँदै जाँदा शिक्षाले काँचुली फेरेर आजको युगमा आफ्नो संस्कार, संस्कृति र भाषा पछारेर अङ्ग्रेजी भाषाको प्राथमिकता बढायो जुन स्वाभाविक मानिन्छ किनकी विश्वको धेरै राष्ट्रमा बोलिने र बुझिने भाषाको रूपमा अङ्ग्रेजी भाषा मानिन्छ ।
वर्तमान समयमा बच्चा जन्मेदेखि मृत्युको मुखमा नपुगेसम्म अङ्ग्रेजी शिक्षालाई प्राथमिकता दिइन्छ । जसको परिणाम स्वरूप शहरदेखि गाउँसम्म च्याउसरी प्राइभेट विद्यालयको उदय भयो । आजको समयमा सरकारी तबरबाट शिक्षा सम्बन्धी विविध चेतना प्रकाशन र शिक्षाको विकासका निम्ति नयाँ नयाँ माग बढ्दै जाँदा शिक्षा लिने र दिने तरिकामा आमूल परिवर्तन देख्न पाइन्छ । हिजोका दिनमा घाम तापेर चौरमा बसी घोकन्ते विद्या दिने मास्टरजीहरू आज व्यवहारिक शिक्षा तर्फ प्रेरित भएको देख्दा मन प्रफुल्ल हुन्छ । आज जन्मदैको बच्चा विविध सामग्रीमा रमाएर तोते अङ्ग्रेजी बोलेको सुन्दा लाग्छ कि हामी नेपाली माटोमा छौँ तर संस्कृति र भाषा लात मार्दैछौँ । आजको युगमा शिक्षालाई घोकन्ते विद्याबाट व्यवहारिक बनाउन विविध रेडियो शिक्षा, अनलाइन शिक्षा, मन्टेश्वरी शिक्षाजस्ता विविध परिवर्तित गति अघि बढ्दै छन् । तर आजको अवस्थामा आएर हेल्मेट मास्टर र लठ्ठी मास्टर देख्दा लाग्छ उनीहरू २१ औँ शताब्दीमा जिएर १५ औँ शताब्दीको शिक्षा लाद्दै छन् । उनीहरू विद्यार्थीका भविष्यका निम्ति नभइ क्ीऋ मा उत्कृष्ठ नतिजा ल्याउन आतुर छन् । उनीहरू कर्तव्यको हैन जागिरको मोहित छन् ।
आज पनि शहरका केही चर्चित प्राइभेट विद्यालयका विद्यार्थी १५ औँ शताब्दीको घाकन्ते विद्यमा लादिँदै छन् । उनीहरूको अवस्था हेर्दा लाग्छ उनीहरूलाई कुनै बाँझो भिरबारीमा गोरु नारेर कुटी कुटी जोदाइँदै छ । विज्ञान र प्रविधिको विकाससँगै परिवर्तनको मुहार फेरेर लाखौँ कोष टाढा विश्व पुग्दा पनि काँचुली फेर्न नसकेको यो देशको शिक्षाले साँच्चै उत्पादनशील जनशक्ति उत्पादन गर्ला त रु विद्यार्थीको रुचि, क्षमता र चाहना बेगर ९विपरित० घोकन्ते विद्या दिने प्राइभेट स्कूलहरूले शिक्षामा गुणस्तर खोजेका छन् या SLC परीक्षामा उच्च स्थान ल्याउन आफूलाई फाइदा ?
यदि गुणस्तरीय शिक्षा खोजेका हुन भने गोरु जोतेझैँ कुटी कुटी शिक्षामा लाद्न छाडियोस् … । विद्यार्थीको भावना र क्षमताको कदर गरी व्यावहारिक शिक्षाले प्राथमिकता पाउन नसकेसम्म हाम्रो पुस्ताले पनि लठ्ठी मास्टरजीका नियम नपछ्याउलान् भन्न सकिँदैन ।
अन्तत शहरका चर्चित प्राइभेट विद्यालयहरूमा शिक्षासम्बन्धी कार्य गर्ने संघ संस्थाको समयमै नजर पुगोस् र बारम्बार कुटाइबाट विद्यार्थी जोगिउन् अनि आवाज उठाइयोस् अभिभावकबाट पनि लठ्ठी मास्टर विरुद्ध । कुटेर, घोकाएर हैन सम्झाएर र बुझाएर पढाइयोस् विद्यार्थीलाई । अबबाट शिक्षको दिग्दारी भोगेर मृत्युको शिकार नबनुन् कलिला कोपिलाहरू … शुभकामना लठ्ठी मास्टरजीलाई आजबाट लठ्ठीको दाहसंस्कार गरियोस् … कामना सद्बुद्धि पलाओस् ।
प्रतिक्रियाको लागि
khatiwadabinda6@gmail.com