Tue. Mar 4th, 2025

दसैंअघि निजीले पनि इन्धन पाउने, बाइकलाई ५ र गाडीलाई १० लिटर दिइने

nepal-oil-corporation

२२ असोज, काठमाडौं –  नेपाल आयल निगमले दसैंलाई लक्ष्य गरी निजी सवारी साधनलाई पनि इन्धन उपलब्ध गराउने भएको छ । दसैं मान्न जान असहज परिस्थिति निर्माण भएपछि आयल निगमले निजी मोटरसाइकललाई पाँच र निजी गाडीलाई १० लिटरका दरले इन्धन उपलब्ध गराउने भएको हो ।

घटस्थापनादेखि नै सार्वजनिक बिदा दिँदा बजारमा कम इन्धन खपत हुने कारण निजी सवारी साधनलाई घटस्थापनाअगावै इन्धन उपलब्ध गराउन लागिएको आयल निगमका प्रवक्ता दीपक बरालले जानकारी दिएको  छ ।

‘दसैंमा घर जाले यात्रुलाई सहज बनाउन निजी सवारी साधन मोटरसाइकललाई पाँच र गाडीलाई १० लिटर इन्धन उपलब्ध गराउन लागेका छौं,’ प्रवक्ता बरालले भने, ‘घटस्थापनाको दिनदेखि सार्वजनिक बिदा भएको अवस्थामा शनिबारदेखि इन्धन वितरण गरिनेछ ।’ राजधानी दैनिकबाट

About The Author

अन्य समाचारहरु: