Mon. Mar 10th, 2025

बालबालिकाको सवालका विषयमा अन्र्तक्रिया

focus
धादिङ – पत्रकार र सरोकारवाला निकाय बीचमा बालबालिकाको सवालका विषयमा अन्तक्रिया गरिएको छ ।

फोकस नेपाल धादिङ र जिल्ला बाल कल्याण समिति धादिङ तथा नेपाल पत्रकार महासंघ जिल शाखा धादिङको संयुक्त आयोजनामा विहिबार विपद पछि बालबालिकाहरुमा देखा परेको मनोबैज्ञनिक असरको बारेमा छलफल गरिएको हो ।  कार्यक्रममा धादिङको भूमेस्थानमा रहेको लिलाकालि माध्यामिक विद्यालयका छात्राहरुमा देखा परेको समस्याको बारेमा छलफल गरिएको थियो । सो विद्यालयमा अध्ययनरत छात्राहरुमा काम्ने ,घाँटी निर्चोने ,चिच्याउने रुख चढ्ने र धेरै मानिसहरुको भिडमा आफ्नो ज्यान फाल्ने र जस्ता समस्याले नियमित अध्यापनमा समस्या परेको थियो ।

भुकम्पपछि बालबालिकामा देखा परेको विभिन्न समस्याहरुलाइ कसरी समाधान गर्न सकिन्छ भन्ने विषयलाइ ध्यान दिदै यो कार्यक्रम आयोजना गरिएको फोकस नेपालका महासचिव कबिन्द्र बर्लाकोटिले बताए । संचार माध्यमले विभिन्न ठाउँमा घटेका घटनाहरुलाई समेट्दा त्यसमा आमुल परिवर्तन आउन सक्ने भएकाले बालबालिकाहरुको समस्या समाधानमा पत्रकारहरुको भुमिका महत्वपूर्ण हुने भएकाले संयम भएर सकारात्मक समाचार सम्पेशण पत्रकारलाई आग्रह गरिएको थियो ।

About The Author

अन्य समाचारहरु: