रसुवा – नेपाल–चीनबीचको रसुवागढी नाका यही असोज २८ गतेसम्ममा सञ्चालनमा ल्याउने तयारी चिनियाँ पक्षले गरिरहेको छ ।नाका सञ्चालनका बारेमा बुधवार साँझ रसुवागढी भन्सार प्रमुख केदारप्रसाद पनेरु र जिल्ला प्रहरी प्रमुख अवदेश विष्ट तथा चिनियाँपक्षसित भएको वार्तामा चिनियाँपक्षले सो जानकारी दिएको भन्सार प्रमुख पनेरुले राससलाई जानकारी दिए ।
उनका अनुसार चिनियाँ पक्षले नेपालमा गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षति पु¥याएको रसुवागढी–केरुङबीचको सडक निर्माण मर्मत कार्य यही २६ गतेसम्म सम्पन्न गर्ने र यही २८ गतेदेखि नाका सञ्चालन गर्ने तयारी गरिरहेको छ ।
प्रमुख पनेरुले नाका सञ्चालनका लागि नेपाली पक्षको पनि तयारी पुरा भएको जानकारी दिए । गत आर्थिक वर्ष २०७१र७२ को बैशाखसम्ममा करिव ३० करोड बराबरको राजश्व सङ्कलन सो नाकाबाट भएको थियो । रासस