२१ असोज, काठमाडौं – ग्यास उद्योगीले खासाबाट ३० किलोमिटर चीनतर्फको दूरीको नालमबाट ग्यास ल्याउन सक्ने प्रस्ताव गरेका छन् । उद्योगीले वाणिज्इ तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापालाई बुधबार भेटेर चीनबाट तत्कालै ग्इास ल्याएर उपत्यकामा वितरण गर्न सक्ने कार्ययोजना पेस गरेको छ ।
चीनको नालमबाट ग्यास ल्याउनेबारे विस्तृत अध्ययन नै सम्पन्न गरिएको ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिए । सरकारले अनुमित दिए पाँच दिन मै उपत्यकामा ४० देखि ४५ हजार सिलिन्डर उर्तान सक्ने व्यवसायीको दाबी छ ।
घिमिरेले भने-‘चीनबाट ल्याएको ग्यास बजारमूल्यभन्दा प्रतिसिलिन्डर साढे पाँच सय बढी लाग्ने व्यवसायीको भनाई छ । यो सरकार सरकारले सहुलियत दिन सक्छ अथवा उपभोत्ताबाट उठाउने अनुमति दिनसक्छ । त्यसो भए एक साताभित्र ४०-४५ हजार सिलिन्डर ग्यास काठमाडौं ल्याउँछौं ।’
नयाँ पत्रिका