Thu. Jan 30th, 2025

नराम्रो काम गर्नेसंग कहिल्यै सम्झौता गर्दिन

आगामी शुक्रबार अर्थात असोज २८ गते नेपाल ट्रेकिङ एशोसियसन अफ नेपाल (टान) को चुनावी साधारणसभा हुँदैछ । चुनावी साधारणभा भएका चुनावी सगर्मी बढेको छ । स्थायि घर धादिङ भएका चन्द्र रिजाल अध्यक्ष पदका प्रत्यासी हुन् । विगत १० वर्ष देखि टे«किङ व्यवसायमा आवद्ध रिजाल नेकपा एमाले समर्थीत व्यवसायीक संस्था नेपाल पर्यटन व्यवसायी संगठनका अध्यक्ष समेत हुन् ।

chandra rijal
चन्द्र रिजाल अध्यक्षको प्रत्यासी, नेपाल ट्रेकिङ एशोसियसन अफ नेपाल (टान)

टानको अध्यक्षमा उम्मेदवारी दिदैं हुनुहुन्छ । तपाईको उम्मेदवारी किन ?
नेपाल ट्रेकिङ एशोसियसन अफ नेपाल (टान) को चुनावमा ८ वर्ष देखि सहभागी भएको छु । को व्यवसायी साथीलाई लैजादा यस क्षेत्रको र संस्थाको नेतृत्व गर्न सक्छन् भन्नेमा केन्द्रीत रहेको थिए । नेतृत्व लिनेले सबै व्यवसायीको हित हुने काम गर्नुपर्छ । सरकार संग पुलको काम गर्नु पर्छ । सरकारलाई कन्भिन्स गरेर व्यवसायी, मुलुकको हित हुने काम गर्नुपर्छ । त्यस्तै अर्थतन्त्रको विकासमा लाग्नु पर्छ ।

टानकै चुनावमा पनि ६ वर्ष अघि देखि अध्यक्ष कसलाई बनाउने लागिरहेको छु । सर्वसम्बन बनाउन पनि विभिन्न भूमिका खेलेको छु । मेरै पहल कदमीमा महेन्द्र सिंहलाई ४ वर्ष सर्वसम्बत बनायौं । त्यपछिको कार्यकालमा व्यवसायीभित्र मनमुटाव शुरु भयो । गलत प्रतिस्पर्धा भयो । आफूले हस्ताक्षर गरेको कुरालाई लत्याउने काम भयो । बोल्ने र गर्ने भन्दा पनि हस्ताक्षर गरेका कुरा लत्याउने काम भयो । अरुको नेतृत्व नमान्ने, अरुको राम्रो काम देख्न नसक्ने । त्यस्तो स्वभावका मान्छे टानमा भएका कारण ति मान्छले अस्वस्तता तिर यस क्षेत्रलाई अघि बढाए । दुई वर्ष अघि पनि टानको अध्यक्ष बन्नका लागि पर्यटन व्यवसायी संगठनबाट मेरो नाम अघि बढेको थियो । स्वतन्त्र व्यवसायी, अन्य संगठनहरु सबैलाई समेटेर लानु पर्ने, २/३ वटा समूह नमिल्दा सर्वसम्मत नहुने । दुईवटा समूह नमिल्दा चुनाव नजितिने हुनेला नोमिनेशन गरेर पनि स्वतन्त्र समूहलाई अघि बढाउनु पर्छ भनेर स्वतन्त्र समुहको लिडरसिपमा प्रचारको प्रमुख भएर काम गरे । थोरै मतले स्वतन्त्र समुहले हा¥यो । केही साथी ७ मतले पनि हार्नु भएको छ । स्वतन्त्र व्यवसायी, सिनियर व्यवसायीले टानको नेतृत्व लिनुपर्छ भनेर अघि सार्नु भएको छ ।

तपाईको चुनावी एजेण्डा के के हुन् ?
टिम्सको रकम युज भईरहेको छ । त्यसलाई सहि ढंगले प्रयोग गर्ने मेरो मुख्य ऐजेण्डा हुनेछ । टिम्सको रकमलाई कसरी व्यवस्थित गर्ने भन्दा पुराना, नयाँ र योङ सबै व्यवसायीलाई राखेर सके सम्म सर्वसम्मत भएन भने धेरैका आवाजलाई समेटेर त्यसलाई व्यवस्थित गर्ने छु । भूकम्प पछि पर्यटन व्यवसाय ध्वस्त भएको छ । त्यसलाई पूनर्निमाण गर्न राज्य, व्यवसायी, स्थानीय जनता सबैलाई लगाएर कसरी व्यवस्थीत गर्न सकिन्छ र छिटो भन्दा छिटो पुर्न निमार्ण गर्नु पनि मेरा पहिलो प्राथमिकताको काम हुने छ ।

पर्वतिय पर्यटनमा बेला बोलामा एभिलियन्ज आउँछ । रेस्कु टाईममा नहुने, वातवरणीय कुराहरु समयमै नहुने यस्ता समस्या रहेका छन् । यसलाई छिटो भन्दा छिटो ध्यान जानु पर्छ । दिन प्रतिदिन यस बारेमा विश्व सामु नेगेटिभ कुराहरु गईरहेको यसमा ध्यान दिनु पर्छ ।
यस क्षेत्रमा रहेका सबै मजदुर र व्यवसायीलाई उद्योगी बनाउनेमा मेरो नेतृत्व हुने छ ।

व्यवसायीलाई कसरी कन्भिन्स गर्नु हुन्छ ?
म दायाँ, बाँया या भनौं नराम्रो काम गर्ने संग कहिल्यै सम्झौता गर्दिन । मलाई लागेको र कन्भिन्स गरेको कुरा परिवारै सदस्य किन नहोस म उहाँलाई छाड्दिन । गलत कुराको विरुद्धमा लाग्ने मेरो सानै देखिको बानी हो । व्यवसाय, सोसियल काममा म निर्धक्क भएर मेरो कुरा राख्छु । कन्भिन्स भए व्याक हुन्छु । कन्भिन्स भईन, कु तर्क गरेर, बल, पैसाको धाक धम्की लगाउनु भयो भने म व्याक हुन्न । मेरो स्वभाव सानै देखिको हो ।

टानमा टिम्सको विषयमा आवाज उठाउँदै आउनु भएको छ । तपाई निवार्ची भएपछि यस विषयमा के गर्नु हुन्छ ?
टिम्सको व्यवस्थापन अत्यन्त अयमिति ढंगले भएको छ । टिम्सको नाममा धेरै पैसा उठाएर संघ/संस्थाको चुनावमा त्यो पैसा देखेर प्रतिस्पर्धा गर्ने काम बेठिक हो । अघिल्लो चुनाव देखि त्यो स्वभाव देखियो । टिम्सको रकम हिनामिना भयो भनेर अख्तियार, पर्यटन बोर्डले आईरहेको छ । यसलाई निरुत्साहित गर्नु पर्छ भन्ने मेरो भनाई हो । म नेतृत्वमा जाँदा त्यसलाई बढी ध्यान दिन्छु । टान एउटा एनजियो हो । जति पनि पैसा उठाउन पाउनु पर्ने भन्ने चाँही हुदैन ।

पर्यटन प्रवद्र्धन गर्न, पर्वतीय पर्यटनलाई प्रोत्साहित, विकास गर्न त्यहाँ भएको रिसोर्सलाई मोभिलाईज गर्ने र कार्य समति र राष्ट्रलाई झकझकाउन पैसा त चाहिन्छ । त्यसका लागि आवश्यकता कति हो ?                                                                                                            व्यवसायी र मजदुरको सुमधुर सम्बन्ध बनाउन केही रकम मजदु कल्याण कोषमा लागु गर्ने भनेर सम्झौता पनि भएको छ । त्यसलाई कसरी एक्टिभ बनाउनु पर्छ । व्यवसायी र मजदुरको हितमा कसरी बनाउने भन्ने तिर मेरो पहिलो ध्यान जान्छ । टिम्सको रकम बढाउने, त्यो रकमले अन्यत्र युज गर्ने होईन । चर्चा कमाउन त्यो रकम प्रयोग गर्नु भएन । टिम्सको रकम व्यवस्थित ढंगले पर्यटन प्रवद्र्धनका क्षेत्रमा प्रयोग गर्नुपर्छ ।

पर्वतीय पर्यटनको बारेमा विश्वबजार सम्म पुर्याउने के कसरी अघि बढ्न सकिन्छ ?
विश्वबजारमा पर्वतीय पर्यटनमा जुन प्रचार भएको छ सबै ठाउँमा पुगी सकेको छैन । पर्यटन व्यवसाय संग सम्बध सबै संस्था मिलेर जान सके मात्र नेपालको पर्वतीय पर्यटनको बारेमा जानकारी गराउन सकिन्छ ।

विश्व बजारमा पर्वतिय पर्यटनको सम्भावना, भविष्यको बारेमा कन्भिन्स गरेर धेरै भन्दा धेरै आर्कषित गर्ने र अन्य पर्यटकहरु पनि नेपाल आउने बातावरण बनाउन नेतृत्वलिन म तयार छु ।

About The Author

अन्य समाचारहरु: