१८ असोज, धादिङ – धादिङ घर भएका विजय गुरुङ नाम गरेका व्यक्तिको पासपोर्ट, नागरिकता लगायत अति महत्वपूर्ण कागजात काठमाडौंमा भेटिएको छ ।
माइक्रोबसमा छोडेको अवस्थामा उज्वल नक्षत्र समाजका अध्यक्ष बासुदेव अधिकारीले धादिङ–८ खाल्टेका विजय गुरुङको पासपोर्ट, नागरिकता लगायत महत्वपूर्ण कागजात भेटाएका हुन् ।
आफ्ना महत्वपूर्ण सामानका लागि मोबाइल नम्बर ९८५१००३६१२ मा सम्पर्क गर्न अधिकारीले आग्रह गरेका छन् ।