Mon. Mar 10th, 2025

नाकाबन्दीले वैदेशिक रोजगार प्रभावित, कामदारको माग घट्यो

bidesine-yueaharu
१७ असोज, काठमाडौं – तराई आन्दोलन र भारतले लगाएको अघोषित नाकाबन्दीका कारण वैदेशिक रोजगार प्रभावित भएको छ ।

मधेसवादी दलले आन्दोलन थालेपछि अधिकांश ब्यवसायीले विदेशबाट कामदारको डिमान्ड ल्याउन बन्द गरेका छन् । कामदार पठाउँन सकिने निश्चित नभएकाले तत्काल डिमाण्ड ल्याउन रोकिएको ब्यवसायीले जानकारी दिएको  छ ।

कतिपय रोजगारदाता कम्पनीकै ब्यक्ति कामदारको अन्तर्वार्ता लिन आउनुपर्ने भएकाले पनि समस्या थपिएको हो । भारतले शनिवार नाकाबन्दी खोल्ने निर्णय गरे पनि तराई आन्दोलन जारी रहेको र दशैंनजिकै आइरहेकोले अब मंसिरदेखि मात्रै रोजगारीमा जाने युवाको संख्या बढ्ने ब्यवसायी बताउँछ ।
ब्यवसायीका अनुसार यतिबेला कुनै पनि मुलुकका रोजगारदाता नेपालमा आउन तयार छैनन् । नेपालबाट कामदार लिने रोजगारदातामध्ये ३० प्रतिशतले यहाँ आएर अन्तर्वार्ता गर्छन् ।
अन्नपूर्णबाट

About The Author

अन्य समाचारहरु: