Tue. Mar 4th, 2025

खेलकुदमन्त्री पुरुषोत्तम पौडेलद्धारा पदबाट राजीनामा

purushotam_paudel-400x258
१४ असोज,  काठमाडौँ – खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले पदबाट राजीनामा दिएका छन् । पौडेलले बिहीबार अपराहृन प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर राजीनामा पत्र बुझाएका हुन् ।

 मन्त्री पौडेलले प्रधानमन्त्रीले राजीनामा मागेकाले उहाँलाई सहयोग गर्न राजीनामा दिएको  बताए । आफूले ऐन नियम र कार्यविधि नाघेर कुनै काम नगरेको बताउँदै पौडेलले प्रधानमन्त्रीले राजीनामा मागेकै कारण पदबाट राजीनामा दिएको प्रष्ट पारे ।

राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव नियुक्तिमा अनुचित कार्य गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री कोइरालालाई पदबाट हटाउन सिफारिस गरेको थियो ।

About The Author

अन्य समाचारहरु: