Mon. Mar 10th, 2025

डिभी भर्नका लागि आजदेखि आवेदन खुल्दै

american-flag
१४ असोज, धादिङ –  अमेरिकामा स्थायी बसोबासका लागि दिइने १डाइभर्सिटी भिसा (डिभी) सन् २०१७ का लागि आवेदन दर्ता आजदेखि खुल्ला हुँदैछ । डिभी चिठ्ठाका लागि नेपाली समय अनुसार बेलुका ९ बजेर ४५ मिनेटपछि आवेदन दर्ता खुल्ला हुनेछ ।

आवदेन दर्ता आउँदो कात्तिक १७ गते राति पौने ११ बजे बन्द हुने नेपाल स्थित अमेरिकी दूतावासले जनाएको छ । डिभी चिठ्ठाको आवेदन दिनका लागि शुल्क नलाग्ने दूतावासले जनाएको छ । अमेरिकी दूतावासले बुधबार विज्ञप्ती निकालेर आवेदन भर्नका लागि कन्सल्टेन्सीको सहयोग नलिन आग्रह गरेको छ । सहयोग चाहिएमा परिवारका सदस्य, साथी तथा अरु विश्वासिला पात्रको मात्रै सहयोग लिन दूतावासले सल्लाह दिएको छ ।

जति सक्दो चाँडो डिभीका लागि आवेदन दिन दूतावसले सबैमा आग्रह पनि गरेको छ । एक जनाबाट एउटामात्रै आवेदन स्वीकार्य हुने दूतावासले जनाएको छ । आवेदन भरिसकेपति प्राप्त हुने कन्फर्मेसन नम्बरलाई प्रिन्ट वा सेभ गरेर राख्न दूतावासले आग्रह गरेको छ ।

आवेदन भर्दा आफ्ना श्रीमान वा श्रीमती तथा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई पनि सूचिकृत गर्नु पर्नेछ । उनीहरुलाई समावेश नगरिएको आवेदन मान्य हुने छैन । सन् २०१६ को मे ३ वा त्यसपछि  https://www.dvlottery.state.gov/  मा गएर आफ्नो कन्फर्मेसन नम्बर राखेर डिभी परे नपरेको हेर्नसकिनेछ ।

About The Author

अन्य समाचारहरु: