Wed. Mar 5th, 2025

नेपालको संविधान २०७२ विश्वकै नमूना : सभामुख

सरिता श्रेष्ठ – 

subash nimang

१३ असोज, धादिङ – नेपालको संविधान २०७२ विश्वकै नमूना संविधान जारी भएको सभामुख नेम्वाङले बताएका छन् । सबै पक्षको सहभागिता र संलग्नतामा जारी गरिएकोले असोज ३ गते जारी गरिएको संविधान विश्वकै नमूना रहेको दावी गरे ।

utdhatan

नेपाल पत्रकार महासंघ धादिङ शाखाको नवनिर्मित भवन तथा बार्षिक साधारण सभाको उदघाटन कार्यक्रमलाई सम्वोधन गर्दै सभामुख नेम्वाङले अहिलेको संविधान सबैको भावना समेटेर आएको वताए । यो संविधानलाई संथागत बनाएर लैजान सबै दलहरु एक ठाउँमा उभिनुपर्ने बताए ।

विश्व इतिहासमा नेपालले अद्धित्तिय संविधान पाउन सफल भएकाले कुनै पनि बिषयमा असहमती भएर संसदबाट निकास खोज्न आग्रह गरेका छन् । संविधानमा चित्त नबुझेका सानातिना विषयलाई संवाद र छलफलबाट संशोधन गराएर निकास लिन सकिने भन्दै सभामुख नेम्वाङले संविधान प्रति असहमती राख्ने पक्षहरुलाई आग्रह गरे ।

fnj progrm

विश्वका ठुला देशहरुमा संविधान निर्माण गर्दा संसदको झिनो मतबाट पारित भएको इतिहासलाई तोड्दै नेपालले समावेशी प्रतिनिधित्व सहित ८९ प्रतिशतको सहभागितामा संविधान निर्माण गरेर विश्वमा उदाहरणिय बन्न सफल भएको दावी गरे ।

दलहरु एक आपसमा मिलेर अघि बढेमात्र देशमा जस्तासुकै संकट पनि समाधान गर्न सकिने भएकाले सवै दललाई एकै साथ अहिलेको संकट समाधान गर्न नेम्वाङले आग्रह गरे । सबैको हक अधिकार अहिलेको संविधानले समेटेको हुंदा एक पटक संविधान हेरेर मात्र प्रतिकृया व्यक्त गर्न नेम्वाङले आग्रह गरेका छन् ।

IMG_6117

IMG_6117

About The Author

अन्य समाचारहरु: