धादिङ – पत्रकारले डायरी र कलम दिएर प्रदान गरेको जिम्मेवारी पुरा गर्दै धादिङ्गका सभाषदहरुले पत्रकार महासंघलाई संविधानको छायाँकपी दिएका छन् ।
बुधबार नेपाल पत्रकार महासंघ धादिङ्गको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा धादिङ्ग क्षेत्र नम्बर ३ का सांसद राजेन्द्रप्रसाद पाण्डेले नेपालको संविधान २०७२ को एकप्रति महासंघका अध्यक्ष नवराज छत्कुलीलाई हस्तान्तरण गरेका हुन् ।
संविधान सभाबाट निर्वााचतभए लगतै सभाषदहरुलाई जनताको संविधान लेख्न भन्दै धादिङ्गका पत्रकारहरुले डायरी र कलम दिएका थिए ।
कार्यक्रमका अध्यक्षले औपचारिक कार्यक्रम समापन भैसकेपछि पनि एक मिनेट समय माग्दै पाण्डेले छायाँकपी हस्तान्तर गरेका हुन् ।
कार्यक्रममा सभासद्हरु गुरु प्रसाद बुर्लाका्टी, धन बहादुर धले, गंगालाल तुलाधर, दिलमान पाख्रिन, परशुराम तामाङ लगायतको सहभागी थिए ।