Tue. Nov 26th, 2024

मुरलीभन्ज्याङ स्वास्थ्य चौकीको शिलान्यास

health officer 1
धादिङ – गत वैशाख १२ गतेको भुकम्पले जीर्ण बनाएको मुरलीभन्ज्याङ स्वास्थ्य चौकी भवनको सोमबार शिलान्यास गरिएको छ ।

धादिङको नीलकण्ठ नगरपालिका ९ ज्यामिरेमा रहेको स्वास्थ्य चौकीको जग्गामा मुरलीभन्ज्याङ स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ प्रसाद लंसाल, जग्गादाताहरु हरिबहादुर दुवाडी, दयानाथ शर्मा दुवाडी र समाजसेवी घनानाथ लंसालले संयुक्त रुपमा शिलान्यास गरिएको हो । शिलान्यास गर्दे गर्दा पण्डितद्वय पशुपती लंसाल र नारायण प्रसाद ढकालले स्वस्तीबाचन गरिएको थियो ।

health officer 2

स्वास्थ चौकी निर्माण गर्न स्थानिय हरिबहादुर दुवाडीले एक रोपनी र दयानाथ शर्मा दुवाडीले १ रोपनी २ आना जग्गा निशुल्क रुपमा प्रदान गरेको थियो । स्वास्थ्य सेवा विभागको बजेट अनुसार शहरी विकास तथा भवन निमार्ण विभाग डिभिजन कार्यलय नुवाकोटले टेण्डर आब्हान गरेको स्वाथ्य चौकीको भवन निर्माण सम्पन्न गर्नको लागि स्थानिय ठेकेदारहरु गणेशकुमार श्रेष्ठ र पदम बहादुर श्रेष्ठ जिम्मा लिएका छन् । २ करोड १४ लाखमा टेण्डर आब्हान गरिएको भएपनि १ करोड ८४ लाखमा १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरि ठेक्का लिएको मुरलीभन्ज्याङ स्वास्थ्य थौकीका इन्चार्ज कृष्ण बहादुर पौडेलले जानकारी दिए ।

शिलान्यास कार्यक्रममा बोल्दै स्थानिय राजनैतिक दलका नेताहरुले तोकिएकै समयभित्र निर्माण सम्पन्न गर्नको लागि सवैले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । शिलान्यास कार्यक्रममा नीलकण्ठ ८ ९ र १० का सवै स्वास्थ्य स्वयंसेविकाहरु, आमा समुहका सदस्यहरु, एच सी ३ परियोजनाका प्रतिनिधि लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।

About The Author

अन्य समाचारहरु: