धादिङ – आसमान नेपाल र भिएसओ नेपालले डिएफआइडिको साझेदारीमा संचालित बहिनी शिक्षाका लागि दिदि कार्यक्रमका सहभागि ५२ जना छात्रालाई सहयोग सामग्री वितरण गरकेो छ ।
आइतबार एक कार्यक्रमको आयोजना गरी धादिङको सलाङमा सहयोग सामाग्री हस्तान्तरण गरेको हो ।
सलाङ गाविस वडा न. ४ स्थित अकलादेबी माविका २४ जना र सलाङ गाविस वडा न. ५ पंचमुखी माविका २८ जना छात्रालाई सो सामाग्री हस्तान्तरण गरिएको हो ।
विपन्न, दलित, जनजाती छात्राहरुलाई विशलय पोशाक, झोला, स्टेशनरी, ब्रस, पेष्ट, आदी सरसफाइ सामाग्री एक समारोहका बीच हस्तान्तरण गरिएको आसमान नेपालकी इश्वरा नेपालीले जानकारी दिइन् ।