Mon. Mar 10th, 2025

मेस्सीले धादिङका भुकम्पपिडितको घर बनाइदियो

Lionel-Messi

धादिङ – विश्व फुटबल ईतिहासमा नाम कमाएका लियो मेस्सीले धादिङका भुकम्प पिडितहरुलाई सहयोग गरेका छन् । लापाबाट विस्थापित भई ढोला– ७ मा अस्थाई शिविरमा बस्दै आएका ५६ घर धुरीलाई फुटबलर मेसीले सहयोग गरेका हुन् । हिमालय फाउण्डेसन स्पेन मार्फत फुटबल खेलाडी मेसीले अस्थाई शिविरमा बस्दै आएका भुकम्प पिडितहरुको ५६ वटा भवन निर्माणका लागि आर्थिक सहयोग गरेका हुन् ।

भवन निर्माणका लागि स्पेन निवासी Edurne Pasaban Lizarribarले पनि सहयोग गरेका छन् । ८ हजार भन्दा माथिका सबै हिमाल आरोहण गरेकी Edurne Pasaban Lizarribarले सगरमाथा पनि २ पटक आराहण गरि सकेकी छिन् । नेपाललाई राम्रो सँग चिन्छु, अहिले नेपालका केहि जिल्ला भुकम्पले क्षेत विक्षेत छ यस्तो बेला सहयोगको खाचो हुन्छ त्यसैले मेसी र मेरो पहलमा धादिङ ढोलामा बस्दै आएका भुकम्प पिडितहरुको लागि ६ पिल्लरको ८ कोठे ५६ वटा भवन बनाएको बताए ।

About The Author

अन्य समाचारहरु: